कथाकार शाहको ‘तातेताते’ र प्याकुरेलको ‘शङ्का’ कृतिमाथी परिचर्चा

नेपालगन्ज : बाँकेको खजुरामा कल्पना फाउण्डेसन नेपाल साहित्य विभागको आयोजनामा कथाकार चरित्रा शाह र बोधराज प्याकुरेलको कृतिको परिचर्चा गरिएको छ । कथाकार शाहको तातेताते र प्याकुरेलको शङ्का कृतिमाथी परिचर्चा गरिएको हो । फाउण्डेनका साहित्य विभाग संयोजक लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा भएको कृति परिचर्चा कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

कृतिमाथी परिचर्चा कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले खजुरालाई चिनाउन साहित्यिक गतिविधिले मुख्य भुमिका खेलिरहेको बताए । अध्यक्ष बिकले खजुराका कथाकार, लेखक, साहित्यमा रुचि राख्नेहरुका लागी पालिकाले समेत आगामि दिनमा थप कार्यक्रमहरु ल्याउने उल्लेख गरे ।

उनले खजुराको साहित्यिक गतिविधिलाई निरन्तरता दिन पालिकाको सहयोग सदैव रहने बताए । कृति परिचर्चा कार्यक्रममा कथाकार चरित्रा शाहको तातेताते कृति प्रति समिक्षक पुष्कर रिजालले समिक्षा गरेका थिए । समिक्षक रिजालले कथामा समेटिएको विषयबस्तु, कथाले दिने सन्देश, सस्कृती र पहिचानका कुरामा विश्लेषण गरिएको बताए । कथाकार प्याकुरेलको शङ्का कृतिमाथी समिक्षक छविलाल खड्काले समिक्षा गरेका थिए ।

कथाको भाषा शैली, शिर्षकीकरण, द्धन्द, बाल मनोविज्ञान, पाठकलाई तान्न सक्ने क्षमता, प्रभाव, मौलिक कथाको उठान गरिएको र सामाजिक रुपमा कथाले बोकेको विषयबस्तु, समासामहिक परिस्थितीलाई समावेस गरिएको उनले जनाए । नेपाली कथा साहित्यको इतिहास, लघुकथा, पछिल्लो साहित्यिक गतिविधिका बारेमा समेत चर्चा गरिएको कल्पना फाउण्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल ‘जिग्ज्ञासु’ले जानकारी दिइन ।

प्रतिक्रिया