नेपालगन्ज : प्रधानमन्त्रि कप आमन्त्रण भलिवल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । प्रधानमन्त्रि कप भलिवल कप भोलि १० गते देखि १४ गते सम्म नेपालगन्ज रंगाशालामा रहेको कबर्ड हलमा हुने आयोजक भलिबल संघले जनाएको छ ।
प्रतियोगितामा आयोजक ुसहत नेपालका शीर्ष चार र भारतिय दुई टिमको सहभागिता रहनेछ । लिगकम नकाउट प्रणालिमा संचालन हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मि क्लब, न्यु डायमण्ड एकेडमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तिसगढ स्पोटर््स एकेडेमी(महाराट्र) र मुम्बई युनाइटेड रहेका छन ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रि महेश्वर गहतराजले गर्ने भलिबल संघ बाँकेका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए । प्रदेश साम्सद कृष्ण केसीको संयोजकत्वमा हुन गैरहेको प्रतियोगिता नेपाली भलिवलको सर्वाधिक रासी भएको आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
प्रतियोगितामा विजेता हुनेले ५ लाख, उप विजेता हुनेले २ लाख ५० हजार, तेस्रो टिमले १ लाख र चौथो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।