खानेपानी, सरसफाई सम्बन्धि योजना बनाउँदै राप्ती सोनारी

अगैया : बाँकेको राप्ती सोनारी गाउँपालिकामा खानेपानी,सरसफाई तथा स्वच्छता योजना निर्माणमा पालिका स्तरीय प्रमाणिकरण कार्यशाला सम्पन्न गरिएको छ ।

समृद्ध राप्ती सोनारीको आधार : शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र दीगो पुर्वाधार भन्ने नारा सहित राप्ती सोनारी गाउँपालिकाले गरेको कार्यशालामा पालिका स्तरमा खानेपानी तथा सरसफाई सम्बन्धि योजना बनाउँदा गरिनुपर्ने काम, रणनितिक योजना, ऐन नियमका बारेमा चर्चा गरिएको थियो । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा भएको कार्यशालामा खानेपानी, सरसफाई सम्बन्धि दिर्घकालिन योजना बनाउन जोड दिइएको थियो । वास प्लानलाई पालिकाले पुर्णता दिने गरि काम गर्ने राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।

पालिकामा रहेका घरधुरी, विद्यालय , स्वास्थ्य संस्था, इन्भेन्टेरी तथ्यांक, सेवा बिहिन बस्तुहरुको पहिचान गरिसकिएको अध्यक्ष पौडेलले जनाए । कुन वडाको कुन स्थान देखि कार्य संचालन गर्ने भन्ने विषयमा पनि छलफल गरिएको थियो । योजना प्राथमिकिकरणका लागी पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले व्यापक छलफल गरेका थिए । कार्यशाला अघि राप्ती सोनारीमा रहेका ९ वटै वडाले खानेपानी तथा सरसफाईका योजनाका बारेमा वडा स्तरमा छलफल गरि योजना छनोट गरिसकेका थिए ।

सोहि छनोटमा परेका योजनालाई पालिका स्तरीय प्रमाणिकरण कार्यशालामा प्रस्तुत गरि प्राथमिकरण गरिएको थियो । कार्यशालामा राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिसा सिंह थारु, प्रमुख प्रशासकिय अधिकृत दान बहादुर एडी, एक देखी ९ नम्बर सम्मका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुख, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । कार्यशालाको राप्ती सोनारी बिजनेश ग्रुपका तर्फबाट रबिन गौतमले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया