
खजुरा : बाँकेको खजुरा गाउँपालिकाका व्यवसायि विच पालिकाले अभिमुखिकरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि व्यवसाय दर्ता तथा नविकरण सम्बन्धि व्यवसायी विच अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरणमा व्यवसायिले पालिकामा दर्ता गर्न आफुहरु तयार रहेको तर स्थानिय सरकारले अपनत्व हुनेगरी काम गर्न आवश्यक रहेको बताएका थिए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा व्यवसायिहरुले कर तिर्नका लागी धेरै ठाउँ धाउनुपर्ने बाध्यता हटाउन पालिकाले पहल गर्नुपर्नेमा जोड दिए । खजुरा क्षेत्र संम्रक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले बाहिरबाट आउने व्यवसायिको निगरानि, नियन्त्रण पालिकाले राख्नुपर्नेमा जोड दिए । व्यवसायिले धेरे ठाउँका एकै शिर्षकमा कर तिर्नुपर्ने समस्यालाई समाधान गरिदिए सबै व्यवसायि खुसी खुसी गाउँपालिकामा दर्ता नविकरण गर्ने खजुरा धवलागिरीका व्यवसायि नर बहादुर खड्काले बताए ।
खजुरा गाउँपालिका वडा नम्बर ३ का खिम बरालले दर्ता पछि हुने नविकरणमा अधिक छुटको व्यवस्था गरिनुपर्नेमा जोड दिए । खजुरा गाउँपालिका वडा नम्बर ४ का गगन विकले व्यवसायिलाई वर्गिकरण गर्न पालिकाले ध्यान दिन पर्नेमा जोड दिए । खजुरा इ गाउँकी योगमाया भण्डारीले स्थानिय व्यवसायलाई प्रर्वद्धन गर्न पर्नेमा जोड दिइन । स्थानिय स्तरमा रहेका उद्योगलाई पालिकाले नै प्रर्वद्धन गर्न आवश्यक रहेको बताइन । व्यवसायलाई दर्ता गर्न होसला दिने गरी पालिकाले योजना ल्याएको अध्यक्ष डम्बर बहादुर विकले बताए ।
अध्यक्ष विकले व्यवसाय दर्ता तथा नविकरण गर्न व्यवसायिलाई एक ढङले लैजान खोजेको उल्लेख गरे । स्थानिय व्यवसायको पहिचान गर्न र सुचिकृत गर्न दर्ता प्रक्रियालाई अघि बढाइएको बताए । खजुरामा कुनैपनि श्रोत नभएकोले खजुराको आन्तरिक श्रोत बढाउन सुचिकृत गरेर श्रोत बढाउने योजना बनाएको उनले बताए । खजुरा बनाउन खजुराकै जनता लाग्न आवश्यक रहेको बताउँदै अध्यक्ष विकले यसमा व्यवसायिको पुर्ण रुपमा सहयोग मिल्नेमा विस्वस्थ रहेको बताए । खजुरालाई व्यवसायि मैत्रि बनाउन पुर्वाधार निर्माणलाई मुख्य ध्यान दिइएको अध्यक्ष विकले उल्लेख गरे ।
अभिमुखिकरण कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष धनराम वलीक्षेत्री, नेपाल घरेलु तथा साना उद्योग महासंघ खजुरा गाउँपालिका अध्यक्ष सुर्य नेपाली, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगाएतको उपस्थिती रहेको राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले जानकारी दिए ।




