कोसेबाली अनुसन्धानमा संलग्न प्राविधिकहरु छलफलमा

नेपालगन्ज : कोसेबाली अनुसन्धान सम्बन्धी प्राविधिकहरुले अन्तरकृया गरेका छन् । बाँकेको खजुरा स्थित कासेबाली अनुसन्धान कार्यक्रमको आयोजनामा प्राविधिकहरु विच अन्तरक्रिया गरिएको हो । कोसेबालीको अनुसन्धानमा संलग्न प्राविधिकहरुको छलफलमा यसको थप विकासमा काम गर्न आवश्यक रहेको जोड दिएका थिए ।

कोसेबालिको मल्टी लोकेशन परिक्षण हुने कार्यालय तथा संलग्न व्यक्तिहरुलाई पछिल्ला प्रगती र आगामि कार्ययोजना सम्बन्धमा व्यापक छलफल गरिएको थियो । कोसेबाली अनुसन्धान कार्यक्रम खजुराका प्रमुख डा.अनिल पोख्रेलले बालिमा आउने समस्याका बारेमा बुझेर समाधानको उपाए खोज्न आफुहरु तयार रहेको बताए । देशका १७ वडा मल्टी लोकेशनमा रहेका कार्यालयहरुबाट कोसेबाली अनुसन्धानमा सक्रिय प्राविधिकहरुको सहभागिता रहेको थियो । जसमा कोसेबालीको मल्टी लोकेशन परिक्षण गर्दा देखिएको समस्याका बारेमा चर्चा गरिनुका साथै कोसेबालिले अवस्थाको पहिचान गर्न लिखित रुपमा सहभागिसंग सुझाव र अनुभव लिएको थियो ।

प्राविधिकहरुले दिएको सुझावअनुसार आगामि कार्ययोजना तय गरिने डा. पोख्रेलले जनाए । बाली व्यवस्थापनसंग सम्बन्धित प्रविधिहरु केके छन र कसरी प्रयोग गर्न सकिन्छ भनेर छलफलमा चर्चा गरिएको थियो । केहि जिल्लाहरुमा कोसेबालीको उत्पादन अवस्था कमजोर हुदै गएकाले त्यसको मुल समस्या पत्ता लगाउन अनुसन्धानको दायरा बढाउने देखिएको बैज्ञानिक पदम पौडेलले जानकारी दिए ।

कोसेबाली सम्बन्धि उन्नत प्रविधिहरुको विकास, जातीय विकास तथा श्रोत बिउ उत्पादन, विशेषज्ञ सेवा प्रदान, कोसेबालीलाई वर्तमान खेती प्रणालीमा संयोजन गरी विस्तार गरि राष्ट्रिय स्तरमा कोसेबालीको उत्पादन र उत्पादकत्व बृद्धि गरी आम नेपालीहरुको जीवीकोपार्जन, आय आर्जन तथा खाद्य÷पौष्टिक सुरक्षामा सहयोग पुरयाउने बृहत उद्देश्य कार्यालयले लिएको बैज्ञानिक पौडेलले बताए । वर्तमान खेती प्रणालीहरुमा बाली विविधिकरण, सघनिकरण तथा दिगो कृषि विकासको लागि कोसेबाली एक महत्वपुर्ण बालीको रुपमा स्थापित भईसकेको छ । कोसेबालीहरुमा प्रशस्त प्रोटिनको मात्रा पाईने हुदां गरीब किसानको मासु भनेर पनि चिनिन्छ ।

प्रतिक्रिया