नेपालगन्ज : बाँकेको कोहलपुर नगर क्षेत्रका विभिन्न एग्रो भेट फर्महरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा खरिद बिल नदेखाउने पाँचवटा फर्मलाई ४५ हजार रुपैयाँ तत्काल जरिवाना गराइएको हो ।
सयुक्त बजार अनुगमन टोलीले अनुगमन गर्दा उपभोग्य म्याद समाप्त भएका करिब ४१ हजार भन्दा बढी मुल्य बराबरको विभिन्न बिउबिजन, विषादी लगायतको वस्तु नष्ट गरेका छन ।
आज भएको संयुक्त बजार अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, कृषि ज्ञान केन्द्र,बाँकेका बालि संरक्षण अधिकृत सकिल अहमद, कृषि अधिकृत दिनेश भट्टराई, कृषि प्रसार अधिकृत शारदा ज्ञावाली, कोहलपुर नगरपालिकाका यज्ञ रोकाय, उपभोक्ता हित संरक्षण मंच, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात कुमार सिंह ठकुरी, नेपालगंज उद्योग वाणिज्य संघका कार्यालय प्रमुख अजय सिंजापति लगायतको सहभागिता रहेको थियो ।