आदर्शका २०४७ व्याजी विद्यार्थिहरुको पुर्नमिलन

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका स्थित रहेको आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने पुर्व व्याजी विद्यार्थीहरुले पुर्नमिलन कार्यक्रम गरेका छन । २०४७ सालमा आदर्श माविमा अध्ययनरत व्याजी साथिहरु मिलेर शनिबार भेटघाट तथा पुर्नमिलन कार्यक्रम गरेका हुन ।

कार्यक्रममा विद्यालयका गुरुहरुलाई सम्मान समेत गरिएको पुर्व विद्यार्थि बासु तिवारीले जानकारी दिए । पुर्व व्याजी विद्यार्थीहरुले विद्यालयको विकास र शैक्षिक अवस्था सुधारमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । आदर्श माविको भौतिक देखी शैक्षिक सुधारमा आवश्यक पहलकदम चालिने पुर्व विद्यार्थि विक्रम गिरीले जनाए । भेलाले २०४७ साल आदर्श माविमा अध्ययनरत व्याजी साथिहरुको १५ सदस्य कमिटि समेत गठन गरिएको छ ।

गठित कमिटिको अध्यक्षमा पवनदेव अर्याल, उपाध्यक्षमा कृष्ण प्रसाद लामिछाने, सचिवमा लक्ष्मी शर्मा, कोषाध्यक्षमा धर्मराज यादव चयन भए । सदस्यहरुमा बासु तिवारी, विक्रम गिरी, रन्जना गुरुङ्ख, झविन्द्र पौडेल, पुर्णकला कंडेल, कर्ण बहादुर विक, देविभक्त कंडेल, सोभा थापा, रामहरी शर्मा, भुमिश्वर रिजाल, नसिम खाँ रहेका छन । २०४७ साल व्याजी विद्यार्थि रन्जना गुरुङ्खको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया