खजुरामा योग दिवसमा विभिन्न कार्यक्रम सम्पन्न

खजुरा : बाँकेको खजुरामा अन्तराष्ट्रिय योग दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएका छन । खजुरा गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा १० औं अन्तराष्ट्रिय योग दिवसको अवसरपारी निःशुल्क स्वास्थ्य शिविरका साथै योगाभ्यास तथा प्रवचन कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल पतन्जली योग समिति खजुरासंगको सहकार्यमा योगाभ्यास तथा प्रवचन कार्यक्रम गरिएको आयुर्वेद शाखाका प्रमुख किरण खनालले जानकारी दिए । वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।

स्वास्थ्य शिविरमा ६० बढिको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा नियमित योगाभ्यास गर्ने देखि आयुर्वेद शाखामा उपचारका लागि आउनेहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया