गणेश राई, खजुरा : बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा सयुक्त अनुगमन टोलिले बजार अनुगमनलाई तिव्रता दिएको छ । पालिका उपाध्यक्ष मन्जु मल्लको नेतृत्वमा गएको अनुगमन टोलीले खजुराको एक नम्बर बजारमा रहेका व्यवसायिक पसलहरुमा पुगेको थियो ।
अनुगमन टोलीले खजुराको विकास र समृद्धिको लागि व्यवसायलाई पालिकामा दर्ता गर्न अनुरोध गर्दै टोली एक नम्बरका पसलहरुमा पुगेको हो । अनुगमन टोलीले अनुगमन गर्दा अधिकाशं पसल दर्ता नभएको, नविकरण नगरिएको पाइएको खजुरा गाउँपालिका उपाध्यक्ष मल्लले जानकारी दिइन । ५० पसल अनुगमन गर्न खजुरा गाउँपालिकामा दर्ता हुने पसल ४ वटा मात्र भेटिएको थियो ।
पालिकामा दर्ता नभएका सबै पसलहरुलाई तत्काल आवश्यक कागजपत्र पुगाएर एक हत्ता भित्र गाउँपालिकामा आएर दर्ता गर्न अनुरोध गरिएको थियो । एक हत्ता भित्र दर्ता गरे कुनैपनि जरिवाना पालिकाले नलिने अनुगमनमा सहभागि खजुरा गाउँपालिकाका राजश्व शाखा प्रमुख भक्त बहादुर रावतले बताए । खजुराको विकासमा सहभागि हुन पसल व्यवसाय अनिवार्य दर्ता गर्न आवश्यक रहेको उपाध्यक्ष मल्लले जनाइन ।
अनुगमन टोलिलाई स्थानिय व्यवसायिले पालिकामा दर्ता गरे के फाइदा हुने प्रश्न गरेका थिए । सरकारले व्यवसायिलाई दोहोरो करको भारी बोकाएको भन्दै यसलाई घटाउन पर्नेमा जोड दिएका थिए । एकै पसलको लागि बाणिज्यमा पनि कर तिर्ने, पालिकामा पनि कर तिर्ने एस्तो किन गरिएको हो व्यवसायिहरुको अनुगमनकर्ताहरुलाई प्रश्न थियो । पालिकाले व्यवसायिको हितमा काम नगर्ने कर मात्र अशुल्ने काम भयो व्यवसायि मणिकरत्न केसीले गुनासो गरे । व्यवसाय दर्ता सगै व्यवसायका समस्या लगाएतमा पालिकाले थप काम गर्ने उपाध्यक्ष मल्लले प्रतिवद्धता जनाइन ।
पालिकाले बैशाख १ गते देखि व्यवसाय दर्ता गर्न अभियान नै सन्चालन गरिरहेको छ । अनुगमनमा घरेलु तथा साना उद्योग महासंघ, उद्योग बाणिज्य संघ खजुरा, वडा अध्यक्ष, वडा सदस्य, व्यवसायि पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।