नेपालगन्ज : खजुरा गाउँ पालिका वडा नम्बर ५ को कार्यालयले वडामा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
आज एक कार्यक्रमका बीच वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । ५ नम्बर वडाका अध्यक्ष देबेन्द्रमान श्रेष्ठले जेष्ठ नागरिकहरुलाई लामखुट्टेको टोकाइ बाट जोगाउन कीटनाशक झुल वितरण गर्नुभएको हो ।
वडामा रहेका २६० जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप किटनाशक झुल वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।