कैलाली : कैलालीको जोसीपुर गाउँपालिका वडा नम्बर ६ का आशा देवी राना कठरियाले मेडिकल कलेज नेपालगन्जमा अप्रेसन मार्फत जुम्ल्याहा बच्चालाई जन्मदिइन । बच्चालाई त सकुसल जन्मीए तर आशा देवीले आफ्नो सन्तान हेर्न नपाउदै यो सन्सार त्यागिन् । बच्चाले आमाको दुध खान पाएनन् । घटना बैशाख २९ गतेको हो । २ छोरी जन्म दिएकी आशा देवीको अप्रेशन पछि स्वास्थ्य अवस्था विग्रदै गएपछि जेष्ठ २ गते यो सन्सार सदाका लागि त्यागिन् ।
बच्चालाई १ हप्ता एनआइसियुमा समेत राख्न परयो । आर्थिक अवस्था कमजोर रहेको कठरिया परिवारमा अहिले नावालक छोरिहरु हुर्काउन समेत कठिनाई भैरहेको छ । आशा देवी रानाका श्रीमान शिव प्रसाद राना कठरीया दुई छोरीलाई दुध समेत खुवाउन कठिनाई भएको सुनाए ।
अहिले ति जुम्ल्याह छोरीहरु एक महिनाका पुगेका छन् । जन्मेदेखि पाउडर दुधको भर छ । अस्पतालमा उपचार गराउँदा लाखौ सकियो । म किसानको छोरो यति खर्च गर्न सक्ने अवस्था नै छैन शिव प्रशादले दुखेसो पोखे ।
जुम्ल्याहा बच्चाको लालनपालनको लागी बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ हाल अमेरिका बस्ने लिल बहादुर थापाले आर्थिक रुपमा सहयोग पठाउनुभएको छ । समाजसेवी थापाले बच्चाको लालनपालन र दुध खानका लागी अभाव नहोस भनेर तत्कालै ३३ हजार ३ सय ११ रुपैया पठाउनुभएको शिव प्रसाद राना कठरीयाले बताउनुभयो । समाजसेवी थापाले देशका धेरै स्थानमा यस्तो अवस्थामा रहेका परिवारहरुमा सहयोग गर्दै आएका छन ।