लिल बहादुर थापाको अर्को पुन्य काम : बालिकालाई सहयोग

गुल्मी : बरिष्ठ समाजसेवी लिल बहादुर थापाले गुल्मीको ईस्मा गाउँपालिकामा ३ वर्षकै उमेरदेखि मानसिक सन्तुलन गुमाएकी एक बालिकालाई सहयोग गर्नुभएको छ । गाउँपालिकाको वडा नं ३ ठाडुंगाकी ९ वर्षीय रोशनी बि.कको परिवारलाई बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँ हाल अमेरीकामा रहनुहुने समाजसेवी थापाले नगद र खाद्यान्न लगायतका सामाग्री सहयोग गर्नुभएको हो ।

राशेनीले जन्मिएको ३ वर्षमै मानसिक सन्तुलन गुमाएकी थिईन् । उपचारमा आर्थिक अभाव भएपछि परिवारले उनलाई उपचार गर्न अस्पतालसम्म पुर्याउन सकेका छैनन् । उनको अवस्थाको बारेमा जिटिभि नेपालबाट समाचार सामाग्री प्रशारण भएपश्चात थापाले चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री सहित नगद ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

समाजसेवी थापाले पठाउनुभएको उक्त सहयोग जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले रोशनीकी आमा चित्रिनी बि.कलाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा ईस्मा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष ज्योतिराज कुँवरले अमेरीकामा रहेर देशका विभिन्न स्थानमा निरन्तर सहयोग गर्दै आउनुभएका समाजसेवी लिल बहादुर थापा प्रति धन्यवाद व्यक्त गर्दै पालिकाबाट पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सहयोग सामाग्री पाएपछि आमा चित्रीनी बि.कले सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्दै छोरीको उपचारका लागि सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया