
सुर्खेत : समाजसेवी लिल बहादुर थापाले सुर्खेतको एक विद्यालयमा आर्थिक रुपले विपन्न तथा जेहेन्दार विद्यार्थिहरुलाई शैक्षिक सामाग्रीहरु प्रदान गरेका छन । भेरिगंगा नगरपालिका ६ सुर्खेतमा रहेको श्री जनज्योती माध्यमिक विद्यालय झिङ्गनीमा अध्यनरत विद्यार्थिहरुका लागि बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी हाल अमेरिका रहने वरिष्ठ समाजसेवी थापाले शैक्षिक सामग्री प्रदान गरेका हुन ।
देशका विभिन्न स्थानहरुमा दुखि, साहरा विहिन, विरामी तथा युवा विद्यार्थिहरुका लागि हरेक दिन जसो सहयोग गर्दै आइरहेका लिल बहादुरले विद्यार्थिहरुको शिक्षा आर्जनमा केहि भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए । कक्षा ४ देखि १० सम्म अध्ययन गर्ने १४ जना विद्यार्थिहरुलाई झोला, कापी, कलम, पेनसील, ज्यामितिबक्स प्रदान गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पठे वलीले सामाजिक कार्यमा लिल बहादुरले गरेको सत्कर्म प्रशसनिय रहेको बताए । अध्यक्ष वलीले अमेरिकामा दुख गरेर नेपालका धेरै स्थानमा सहयोग गर्ने मन नै उहाँको महान छ भन्दै प्रशन्सा गरे ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्ने अधिकाशले शिक्षा सुधारमा सबैले हातेमालो गर्न जरुरी रहेको बताएका थिए । समावसेवी लिल बहादुर थापालाई विद्यालयको तर्फबाट विशेष सम्मान गरिने अध्यक्ष वलीले जनाए । श्री जनज्योती माध्यमिक विद्यालय झिङ्गनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पठे वलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रध्यानाध्यापक दुर्गा बहादुर वली, अतिरिक्त क्रियाकलाप संयोजक टेक बहादुर खत्रि, अतिरिक्त क्रियाकलाप सदस्य मान बहादुर बस्याल, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि गणेश वली, स्थानिय समाजसेवी, अभिभावक तथा विद्यार्थिहरुको उपस्थिती रहेको थियो ।

