एमाले खजुराद्वारा हावाहुरी पीडितलाई राहत प्रदान

नेपालगन्ज : खजुरा गाउँ पालिका वडा नम्बर ४ नेकपा एमाले वडा कमिटीले हावाहुरी र असिना पानी बाट घरको छाना गुमाएकालाई सामान्य राहत प्रदान गरेको छ । पहिलो चरणमा डि गाउँ क्षेत्रमा रहेका पुर्ण क्षति भएको घरमा केही राहत होस भन्ने हेतुले प्रभावित घरहरुमा राहत प्रदान गरिएको हो ।

जिल्ला कमिटी सदस्य तथा पुर्ब वडा अध्यक्ष तिलकबिर सुनारको अग्रसरतामा पार्टी कमिटी अध्यक्ष लोक बहादुर खत्री, जिल्ला कमिटी सदस्य निर्मल खनाल, नेपाल रेडक्रस सोसाइटी बागेश्वरी उपसाखा सचिब अर्जुन थापा, वडा कमिटी उपाध्यक्ष नारायण खनाल, सदस्य सपना बुढामगर, गोबिन्द खत्री, चन्द्रा थापा खत्री लगायतको उपस्थित रहेको थियो । सोमबार आएको हावाहुरी सहितको असिना पानीले खजुरा गाउँ पालिका ४ मा धेरै क्षति पुगाएकाे थियो । गाउँका अघिकान्श क्षेत्रमा छाना हावाहुरिका कारण नोक्सानि पुगाएकाे थियो ।

स्थानीय सरकारले छिटो राहतका कार्यक्रम पीडित माझमा ल्याउन पर्नेमा एमाले वडा कमिटीले जोड दिएको छ । तत्कालका लागि १० देखि १२ घरमा राहत मार्फत ५ हजार नगद र आवश्यक स्थानमा त्रीपाल प्रदान गरिएको अभियन्ता तिलकबिर सुनारले जानकारी दिए । हावाहुरिका कारण पुगेको नोक्सानी प्रती दुख व्यक्त गर्दै आवश्यक परेको अवस्थामा थप सहयोग गरिने वडा कमिटी अध्यक्ष लोक बहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया