
नेपालगन्ज : जिल्ला खोप समन्वय समितिका पदाधिकारी र संचारकर्मि विच अभिमुखिकरण गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बाँके जिल्लामा जेष्ठ १३ देखि २४ गतेसम्म संचालन हुन गैरहेको आइ.पि.भि. खोप अभियान २०८१ सम्बन्धमा अभिमुखिकरण गरिएको हो ।
आइ.पि.भि. खोप आपुर्ति नभएको अवधिमा यो खोप लगाउन छुट भएका बालबालिकालाई एक मात्रा आइ.पि.भि. खोप दिएर ति बालबालिकामा पोलियो रोग विरुद्धको प्रतिरोध क्षमता कायम गर्नु खोप अभियानको लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियान पालिका व्याइज संचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।