हावाहुरी र असिना पानिले कोसेबाली अनुसन्धानमा क्षति

नेपालगन्ज : बाँकेको जानकीगाउँपालिका वडा नम्बर ४ खजुरा स्थित रहेको कोसेबाली अनुसन्धान कार्यक्रममा हावाहुरी सहितको असिना पानिले क्षति पुगाएको छ ।

सोमबार आएको हावाहुरीका कारण भएको क्षतिले कार्यालयको नियमित कामकाजलाई समेत प्रभावित पारेको कोसेबाली अनुसन्धान कार्यक्रमका संयोजक डा.अनिल कुमार पोखरेलले जानकारी दिए । हावाहुरी सहित परेको असिना पानिका कारण कार्यालय भित्र रहेको तालिमहलको छाना पुरै उडाइदिएको छ । छाना उडाएपछि पानि तथा हावा भित्र पसि तालिमहल भित्र रहेका फर्निचर, सोफा, कुर्सी, टेवुल, टिभि, प्रोजेक्टर, एसी, सिलिङ पंखाहरु विग्रनुका साथै सिलिङमा लगाइएको फर सिलिङ पुर्णरुपमा क्षतिभएको संयोजक डा. पोखरेलले जनाए ।

विभिन्न दाल बालीको अनुसन्धानका लागि बनाइएको प्लाष्टिक टनेल हाउसमा पनि पुर्ण रुपमा क्षति पुगेको छ । अनुसन्धान तथा विउ उत्पादनका लागि लगाइएको मुंग, मास, बोडि पुर्ण रुपमा क्षति भएको छ । कार्यालय क्षेत्रमा रहेको विद्युतका तारहरु चुडिदा कार्यालयका नियमित कामहरु गर्न नसकिएको संयोजक डा. पोखरेलले जनाए ।

कार्यालय भित्र पानि धेरै पसेकाले विभिन्न कागजात भिजेको, अतिथि गृह, गैरेज, ल्याव विल्डिङका झ्यालहरुमा भएको सिसा पुर्णरुपमा फुटि क्षति पुगेको छ । गोदाम भित्र भण्डारण गरि राखेको तथा विभिन्न बालिहरु परिक्षण कटानी गरी राखेकोमा हावा तथा पानि भित्र पसि अधिकरुपमा क्षति पुगाएको कोसेबाली अनुसन्धानले जनाएको छ । तिव्र वेग सगै आएको हावाहुरी र असिना पानिका कारण कोसेबालीमा भएको क्षतिले अनुसन्धानत्मक कार्यलाई थप असर गरेको छ । केहि तस्बिरहरु :

प्रतिक्रिया