
नेपालगन्ज : नेपालगन्जमा सोमबार नयाँ बर्ष २०८१ सालको शुभकामना आदान प्रदान सगैं भित्तेपात्रो बिमोचन र आखाँ जाँच शिविर सम्पन्न भएको छ । बाँके अटोमोबाइल्स एसोसियसनले नयाँ वर्षको शुभकामना सगै भित्तेपात्रोको बिमोचन गरेको हो । सोहि अवसरमा अटोमोबाइल्सले कौसिल्या अस्पताल प्रा.ली. कोहलपुरसंगको प्राविधिक सहयोगमा निशुल्क आँखा जाँच शिविर सन्चालन गरेको थियो । शिविरबाट ५० बढिको आँखा जाँच गरिएको बाँके अटोमोबाइल्स एसोसियसनका महासचिव जगदिस भट्टले जानकारी दिए ।
कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामिले व्यवसायिहरु दिन प्रतिदिन कमजोर अवस्थामा रहेको बताए । अध्यक्ष धामिले सरकारलाई व्यवसायिका तर्फबाट विभिन्न १० वटा ज्ञापनपत्र बुझाउने काम भएको बताउँदै यसको कार्यान्वयनतर्फ सरकारको ध्यान नगएको गुनासो गरे । सरकारले व्यवसायिका माग सुनुवाई नगरे आन्दोलनको आधिभेरी नेपालगन्ज बाट आउने चेतावनी दिए । उद्योग वाणिज्य संघका अध्यक्ष धामिले ‘यो बेला व्यापारीहरु कोमामा भएको अवस्था छ, ‘न उठ्न सक्छौं, न चल्न’ उनले बताए । व्यवसायिहरु एक हुन आवश्यक रहेको बताउँदै कार्यक्रमका सहभागिले आर्थिक अवस्था चलामय बनाउन व्यापारी समेतले आफ्नो गल्ती सुधार गर्न जरुरी रहेको जोड दिए ।
बाँके अटोमोबाइल्स एसोसियसनका अध्यक्ष नरेन्द्र कुमार वलीले अहिलेको नेपालगन्जको व्यापार हेर्दा सम्पुर्ण व्यापारी डुविसकेको बताए । एसोसियसनका अध्यक्ष वलीले सरकारले अव भन्सार कडाई भन्दा पनी पसलहरुमा छापा हान्न आवश्यक देखिएको जनाए । उनले भने, ‘हामि व्यापारी नै तस्करी हौं, हामिले तस्करले ल्याएको सामान खरिद नगर्दा एक हप्तामै यो सबै समस्या समाधान हुन्छ ।’




