खजुरामा होली मिलन मैत्रीपूर्ण फुटबल प्रतियोगिता

नेपालगन्ज : बाँकेको खजुरा स्थित मिनि रंगशालामा होली मिलन मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरिएको छ । सद्भाव पूर्ण होली पर्व मनाउ भन्दै खजुराको न्यु डाँफे स्पोर्ट क्लब र एफ.सी संघारी क्लब नेपालगन्ज विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको थियो ।

मैत्रीपूर्ण फुटबल खेलमा ४–१ के गोल अन्तरले न्यु डाँफे स्पोर्ट क्लब विजयी भएको खेल निर्णयक (रेफ्री) सिमोन गुरुङ्गले जानकारी दिए । खेल सम्पन्न भएपछि अङमाल गर्दै अविर लगाउँदै दुवै टिमले होलीको शुभकामना आदान प्रदान गरेका थिए । मैत्रीपूर्ण खेल पछि बनभोजको आयोजना गरि रमाइएको न्यु डाँफे स्पोर्ट क्लबका अध्यक्ष हरि प्रकाश विकले जानकारी दिए ।

प्रतिक्रिया