लिल बहादुरको सहयोगमा पुग्यो दुर्गी थापालाई राहत

गुल्मी : समाजसेवा गरेर नथाक्ने लिल बहादुर थापाले अर्का एक दुखिको घरमा केहि समयको लागि भएपनि खुसी ल्याउने काम गर्नुभएको छ । समाजसेवी थापाले बागलुङको बडिगाड गाउँपालिकामा रहेको एक परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो । आफ्नो कमाईको ६० प्रतिशत बढि लिल बहादुरले दुखि पिडित, बेसाहराहरुका लागी खर्च गर्ने गरेका छन ।

उहाले मानसिक सन्तुलन गुमाएकी छोरीलाई लालनपोषण गर्दै आईरहेकी ६३ वर्षीय दुर्गी थापालाई खाद्यान्न लगायतका राहत सामाग्री सहयोग गर्नुभएको हो ।

बाँकेको खजुरा गाउँपालिका डि गाउँ स्थायी घर भई हाल वैदेशिक रोजगारीको शिलशिलामा अमेरीकामा रहनुहुने थापाले पठाउनुभएको राहत सामाग्री उहाँको घरमै पुगेर हस्तान्तरण गरिएको हो । थापाको पारिवारिक अवस्थाका बारेमा जिटिभि नेपालमा भिडियो सामाग्री प्रशारण भएको थियो । उक्त समाचार सामाग्री हेरेपश्चात थापाले राहत सामाग्री पठाउनुभएको हो ।

दुर्गीकी २६ वर्षीय छोरी माया १० वर्षदेखि मानसिक रोगी छिन् । १० वर्ष अगाडी नै श्रीमान गुमाएकी उनी अहिले एक्ली छिन् । सहारा खोज्ने उमेरमा दुर्गी नै छोरीको सहारा बन्नुपरेको छ । २३ वर्षीय छोरी मानसिक सन्तुलन गुमाएर आमालाई नै कुनै बेला कुट्पिट समेत गर्छिन् ।

पाठेघरको क्यान्सर समेत भएकी मायाले आफुलाई कुटपिट गर्दा ज्यान जोगाउन समेत मुस्किल हुने गरेको आमा दुर्गीले बताईन् । सहारा दिने मानिस कोही नभएपछि दैनिक जीवनयापनमा समेत कठिनाई भईरहेका उनीहरुलाई राहत साउनले सहयोग समाजसेवी थापा सहित जिटिभि नेपाललाई धन्यवाद व्यक्त गरिन् ।

राहत सामाग्री लिएर पुग्नुभएका जिटिभि नेपालका अध्यक्ष दिपक नेपालीले सहारा विहिन थापा परिवारमा केही समयलाई भएपनि राहत पुग्ने बताउनुभयो । समाजसेवी थापाले दैनकजसो नेपालका दुखि पिडतको घरमा यसरी सेवा गर्दै आउँनुभएको छ । अमेरिकामा दैनीक १८ सम्म उहाँले काम गर्दै आइरहनुभएको छ ।

प्रतिक्रिया