भेरी अस्पताल,अटो मोबाइल्स, प्याब्सन र निप्स विजयी

नेपालगन्ज : नेपालगन्जमा जारी विभिन्न पेशाकर्मीहरु बिचको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा दोश्रो दिन भेरी अस्पताल, बाँके अटोमोबाइल्स एसोसिएसन, प्याब्सन बाँके र नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी (निप्स) विजयी भएका छन । भ्रष्टाचार बिरुद्ध मेरो एक गोल भन्ने मुल नारा सहित विहिबार भएको खेलमा भेरी अस्पतालले नेपाल टेलिकमलाई १ को विरुद्ध ३ गोल गरि विजयी बन्यो । भेरी अस्पतालका तर्फबाट जर्सी नम्बर १३ का कैलास चौधरीले १ गोल गरे भने जर्सि नम्बर ९ का सगुन श्रेष्ठले २ गोल गरे । नेपाल टेलिकमको तर्फबाट जर्सी नम्बर १० का केशब बिसीले १ गोल गरेका थिए ।

बिहान भएको अर्को खेल बाँके अटोमोबाइल्स एसोसिएसन र सरकारी शिक्षक बिच भएको थियो । जसमा अटो मोबाइल्स एसोसियसनले २–० को गोल अन्तरले जित निकालेको छ । अटो मोबाइल्स एसोसियसनका तर्फबाट जर्सि नम्बर ८ का ज्ञान मणि अधिकारीले २ गोल गर्दै आगाडीको यात्रा तय गरेका हुन ।

त्यस्तै बिहिबार बेलुकी भएको खेलमा प्याब्सन बाँके र निप्स टिम विजयी बनेको छ । प्याब्सनले नेपालगन्ज किराना तथा खाद्य व्यावसायी संघलाई ४–० गोल अन्तरले पराजित गर्यो । प्याब्सनका जर्सी नम्बर १२ का रोशन श्रेष्ठले २ गोल गरे । जर्सी नम्बर ७ का उमेश आलेले १ गोल र खुमलाल शर्माले १ गोल गरेका थिए ।

नेपालगन्ज ग्यालरीको आयोजना तथा खबरगन्ज र बास नेपालको सह आयोजनामा नेपाल प्रहरी विशेष सुरक्षा गण (प्रहरी ब्यायामशाला)को खेल मैदानमा बुधबार देखी प्रतियोगिता भैरहेको छ । पेशाकर्मीहरु बिचको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको तेश्रो दिन चार खेल हुने नेपालगन्ज ग्यालरीका संस्थापक समिरमान श्रेष्ठले जानकारी दिए । विहान २ खेल र साझ २ खेल खेलाईने प्रचार संयोजक खगेन्द्र दाहालले जनाए ।

शुक्रबार विहान बास नेपाल र प्याब्सन बाँके विच तथा निप्स र कर्मचारी मिलनकेन्द्र बाँके बिच खेल हुने कार्यक्रम संयोजक प्रकाश अधिकारीले जनाए । बेलुकी बाँके पत्रकार र बाँके अटोमोबाइल्स एसोसिएसन विच तथा भेरी अस्पताल र नेपालगन्ज उद्योग बाणिज्य संघ बिच खेल हुने कार्यक्रम संयोजक अधिकारीले बताए ।

प्रतिक्रिया