स्टार मन्टेश्वरीमा चित्रकला प्रतियोगिता

नेपालगन्ज : बाँकेको खजुरामा गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको स्टार मन्टेश्वरी तथा सनलाइट इंगलिस मिडियम स्कुलले विद्यालयमा आन्तरिक चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यार्थिहरुलाई पढाईका साथ साथै अतिरिक्त क्रियापलापमा सहभागि गराउँदा शिक्षाको स्तर बढ्ने देखिएकाले शनिबार चित्रकला प्रतियोगिता गरिएको विद्यालयका प्रिन्सीपल भिम खड्काले बताए । मन्टेश्वरीले विद्यालयका शिक्षक, शिक्षिका, अभिभावक र विद्यार्थिहरुविच आन्तरिक चित्रकला प्रतियोगिता गरिएको विद्यालयका प्रिन्सीपल खड्काले जनाए । कला प्रतिको सोचलाई सकारात्मक रुपमा बढवा दिन चित्रकला प्रतियोगिता गरेका हौं यसले विद्यार्थि, अभिभावक र विद्यालयको समेत चिनाउन मद्धत गर्ने छ, प्रिन्सीपल खड्काले बताए ।

चित्रकला प्रतियोगितामा विद्यार्थि, अभिभावक, शिक्षक र शिक्षिकाले सक्रिय रुपमा सहभागिता जनाएका थिए । चित्रकलामा सहभागिहरुले शिक्षा, स्वास्थ्य, प्रकृति र धार्मिक परिदृश्यलाई समेटेर चित्र कोरेका थिए । चित्रकलामा विजेताहरुलाई स्कुलले पुरस्कृत समेत गर्ने जनाइएको छ । विद्यार्थिहरुको रुचिका आधारमा स्कुलमा विभिन्न अतिरिक्त क्रियापलापहरुको प्रतियोगिता तथा सहभागितामुलक कार्यलाई अघि बढाइएको प्रिन्सीपल भिम खड्काले जनाए ।

विद्यालय स्थापनाको ६ वर्ष पुग्नै लाग्दा खजुरामा धेरै अभिभावकको रोजाई बनिरहेको स्टार मन्टेश्वरी तथा सनलाइट इंगलिस मिडियम स्कुललले आगामि दिनमा राष्ट्रिय स्तरमै पदक ल्याउन सफल हुनेगरि अतिरिक्त क्रियाकलापका गतिविधिलाई निरन्तरता सगै अघि बढाइएको छ, प्रिन्सीपल खड्काले बताए । चित्रकला प्रतियोगिताका केहि झलकहरु :

प्रतिक्रिया