खजुरामा मगर एकता दिवस भव्य रुपमा सम्पन्न

नेपालगन्ज : बाँकेको खजुरामा मगर एकता दिवस भव्य रुपमा मनाइएको छ । खजुराको धवलागिरीमा ४२ औं मगर एकता दिवस मनाइएको हो ।

नेपाल मगर संघ खजुरा गाउँपालिका समितिको आयोजनामा विभिन्न सास्कृतिक कार्यक्रम गरिएको थियो । दिवसमा मगर जातीका मौलिक भेषभुषामा सजिएका थिए । नेपाल मगर संघ खजुरा गाउँपालिका समितिका अध्यक्ष भिम बहादुर रानाको अध्यक्षतामा भएको समारोहमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक प्रमुख अतिथि थिए । पालिका अध्यक्ष विकले खजुरामा मगर जातीले आफ्नो परम्परा सस्कृतिलाई जोगाईराखेको भन्दै धन्यबाद दिए ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि मन्जु मल्लले मगर समुदायको परम्पराको छुट्टै पहिचान रहेकाले यसलाई जोगाईराख्न आवश्यक रहेको उल्लेख गरे । समारोहमा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनलाई पन्चे बाजा सहित सम्मान र स्वागत गरिएको थियो ।

महाविर पुनले कार्यक्रम स्थलमै उनको आत्मकथा महाविर पुन पुस्तक विक्रि गरेका थिए । कार्यक्रममा मौलिक सामुहिक नृत्य प्रतियोगिता समेत गरिएको थियो । जसको प्रमुख निर्णाएकमा बालविर थापा लगाएतका रहेका थिए । कार्यक्रम स्थलमा नौमति बाजाको तालमा नाच्नेहरुले दिवसको रौनक बढाएका थिए । मगर ड्रेस विक्रि स्थलमा समेत राम्रो व्यापार भएको थियो ।केहि झलकहरु :

प्रतिक्रिया