गुलरियामा पालिका स्तरीय दादुरा खोप अभिमुखिकरण कार्यक्रम सम्पन्न

संजय आचार्य,

बर्दिया : फागुन ११ गते दादुरा रुवेला खोप अभियान सम्बन्धी पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम बर्दियाको  गुलरियामा शुक्रवार सम्पन्न भएको छ।   नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालबाट सन् २०२६ सम्म मा दादुरा र रुविला रोग निर्वारण गर्ने लक्ष्य अनुरुप  यही आउँदो फागुन १३ गते देखी १८ गते सम्म बर्दियामा   खोप अभियान सञ्चालन हुन गइराखेको  जनाइएको छ। 

गुलरिया नगरपालिक ले आयोजना गरेको कार्यक्रममा  गुलरिया नगरपालिकाका स्वास्थ प्रमुख सुनिल पाण्डेले कार्यक्रमको बरेमा जानकारी गराउँदै १२ वटा वडामा खोप अभियान सञ्चालन हुन गइरहेको बताउनु भएको छ।  पाणडेका अनुसार खोप अभियान गुलरिया नगरपालिका को १२ वटा वडा मा  ९ महिना देखी ५ वर्ष सम्म का  र ५ वर्ष देखी १५ वर्ष उमेर समुह का  बालबालिकालाई खोप दिइने लक्ष्य रहेको  बताउनु भएको छ।   गुलरिया नगरपालिका को १२ वटा वडामा ८५ वटा खोप केन्द  मार्फत २३ हजार २ सय ३८ जना बालबलिका लाई खोप दिने लक्ष्य रहेको छ।   

बर्दियामा यही फाल्गुण १३ गते देखी १८ गते सम्म करिब १ लाख १८ हजार भन्दा बढी बालबालिकाहरुलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले बताउनु भएको छ । लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रूबेला खोप लगाएर दादुरा र रूबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न  र ती रोगहरूबाट संक्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने उद्धेश्यले बालबालिकालाई खोप दिन लागिएको हो ।

गुलरिया नगरपालिका का नगर प्रमुख मुक्ति नाय यादवको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा उप प्रमुख सावित्रा गौतम, स्वास्थ कार्यालय वर्दियाका निरिक्षक एवं सुचना अधिकारी  कृष्ण गोमाल चौधरी , गुलरिया नगरपालिकाका अधिकृत मुकुन्द अर्थाल सरोकारवाला लगायत संचारकर्मी हरुको उपस्तिथी रहेको थियो । खोप अभियान लाई सफल पार्न १२ वटै वडाका समाजसेवी , बुद्धिजिवी , संचारकर्मी, का साथै सरोकारवालालाई  नगर प्रमुख मुक्ति नाथ यादवले अनुरोध समेत गर्नु भएको छ।

प्रतिक्रिया