सरोकारवालाहरुसंग समन्वयात्मक बैठक सम्पन्न

संजय आचार्य,  फागुन ९ गते : सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र  परिवर्तन समुहको आयोजनामा सुईद्वारा लागु औषध प्रयोगकर्ताहरुका लागि विस्तृत एच आई भी एड्स कार्यक्रम अन्तर्गत वर्दियाको गुलियामा बुधवार  सरोकारवालाहरुसंग समन्वयात्मक बैठक सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै संस्थाकी  कार्यक्रम अधिकृत अनु चौधरीले संस्थाका कर्मचारीहरु फिल्ड मै गएर परामर्श दिने गरिएको बताउनु भएको छ । कुलत मा फसेका व्यक्तिहरुले  समय र नियमित औषधिको व्यवस्थापन गर्न सके लागु औषधबाट सहजै छुटकारा पाउन सकिने बताउनु भयो ।

परिवर्तन समूहले  संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय बाँकेमा २०६३ मंसिर २५गते दर्ता भइ परिवर्तन समुहले बाँकेवाट सुरु गरी वि सं २०७४ देखी बर्दियामा लागू औषध तथा यसको उपचार पुनर्स्थापना को लागि काम गर्दै आइरहेको छ। 

कुलतमा रहेका व्यक्तिहरुलाई  समाज तथा पारिवारबाट राम्रो ब्यवहार पाए उपचारबाट यो रोग निको  हुने फिल्ड स्टाफ मेहम्मद सरीफ गद्दिले बताउनु भयो ।

समाजमा कूलतमा फसेकाहरुलाई कसरी  सहयोग गर्न सकिन्छ स्थानीय तहवाट हुने सहयोग गर्न तयार रहेको गुलरिया नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तथा गुलरिया नगरपालिका प्रबक्ता  सुधांभु प्रकाश शर्माले बताउनु भयो ।

कर्यक्रममा बोल्दै समाजमा दिनहुुँ बढदै गइरहेको लागू पदार्थको बढदो प्रयोग तथा यसको असरले कैयौं युवाहरुले अकालमा ज्यान गुमाउनुका साथै कुलतमा परेकाहरु विभिन्न रोगको सिकार हुने गरेको गै स स महासंध वदिया की अध्यक्ष प्रिज्मा सिंह थारुले बताउनु भयो  ।

कार्यक्रमको समापनमा बोल्दै  सहायक प्रमुख जिल्ला अधिकारी रोसन कुमार कठायतले कुलतमा फसेकाहरुका लागी रोकथाम तथा परामर्शमा  संस्था ले गरेको कार्यको प्रशंशा गर्दै  अब यसको रोकथाममा सबैको साथ र सहयोग हुनु पर्ने बताउनु भयो।

समन्वयात्मक बैठक कार्यक्रममा, जिल्ला प्रहरी कार्यालय वर्दियाका प्रतिनिधी ,स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरी , स्वास्थ्य कार्यालयका कृष्ण गोपाल  चौधरी, गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनील पाण्डे,  लगायत  लागु औषध तथा एच आई भि सम्बन्धि काम गर्ने प्रतीनिधीका साथै सरोकारवालाहरुको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया