
संजय आचार्य, बर्दिया : नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालबाट सन् २०२६ सम्म मा दादुरा र रुविला रोग निर्वारण गर्ने लक्ष्य अनुरुप यही आउँदो फागुन १३ गते देखी १८ गते सम्म बर्दियाको ८ वटै पालिकामा खोप अभियान सञ्चालन हुन गइराखेको एक कार्यक्रमका विच स्वास्थ्य कार्यालय वर्दियाले जनाएको छ। भने बासगढी नगरपालिकाको वडा नं १मा २१ गते देखी २३ गते खोप लगाइने छ।
कार्यक्रममा बोल्दै करिब १ लाख १८ हजार भन्दा बढी बालबालिकाहरुलाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले बताउनु भयो । गत बर्ष ७२ जनामा यसको सक्रमण देखीको थियो ।
गिरीका अनुसार खोप अभियानमा ९ महिना देखी ५ वर्ष सम्मका ३१ हजार ४ सय ४९ जना यस्तै ५ वर्ष देखी १५ वर्ष उमेर समुहका ८७ हजार ७८ जना बालबालिकालाई खोप दिइने लक्ष्य रहेको छ।
जिल्ला भर गरि ४ सय ८४ स्थानमा खोप केन्द्र बाट खोप दिइने छ भने ९ सय ६८ जना स्वास्थ्यकर्मी परिचालन र १ हजार ४ सय ५२ जना स्वांयसेवक खोप अभियानमा खटिने जनाइएको छ ।
लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रूबेला खोप लगाएर दादुरा र रूबेला रोग विरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न र ती रोगहरूबाट संक्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने उद्धेश्यले बालबालिकालाई खोप दिन लागिएको हो ।
जिल्ला समन्वय समीती संयोज सुर्य बहादुर विष्ठको विशेष अतिथित्यमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल , समन्नवय अधिकारी ओमकार शाह , सह संयोजक अमिता कुमारी यादव, लगायत संचारकर्मीहरुको उपस्तिथी रहेको थियो ।
खोप अभियान लाई सफल पार्न समाजसेवी , बुद्धिजिवी , संचारकर्मी, का साथै सरोकारवालालाई प्रभुख गिरीले अपिल समेत गर्नु भएको छ।