सोडा पिउन पसल जाँदा करोडपति बनेर फर्किइन्

एजेन्सी । भनिन्छ भगवानले दिए भने अपत्यारिलो किसिमले दिन्छन् । भर्जिनियाकी एक महिलासँग पनि यस्तै भएको छ । जेनेट बेन नामकी महिलाले एउटा सानो जनरल स्टोरबाट पिउनको लागि सोडाको बोतल किनिन्। सोडा पिउँदै उभिएको बेला उनले पसलमा राखिएको स्क्र्याच अफ लटरी टिकट देखेपछि किनिन्।

पछि, जब उनले आफ्नो टिकटले १ लाख डलर पुरस्कार जितेको थाहा पाइन्, उनी छक्क परिन्। बेनले भर्जिनिया लटरी अधिकारीहरूलाई बताएअनुसार उनी सोडा लिन मात्र रोकिएकी थिइन् र उनको भाग्यले उनको आँखा लटरी टिकटमा पर्यो ।

बेनले सम्झिइन्, ‘विजेता टिकट नम्बर देखेर म छक्क र अचम्ममा परें। मैले यसलाई राम्ररी देख्न सकिनँ भन्ने लाग्यो।’ उनले भनिन्– यो जितको खुसी मनाउनका लागि ठूलो योजना छ । म यो वर्ष एक अद्भुत क्रिसमस मनाउन जाँदैछु।’

प्रतिक्रिया