साताको पहिलो दिन नेप्सेमा भारी गिरावट

काठमाडौं : साताको कारोबारको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक २७ दशमलव २१ अंकले घटेर २०३४ दशमलव ८२ को विन्दुमा पुगेको छ ।

आइतबार ३१५ कम्पनीका ९७ हजार १ सय ५ पटकको कारोबारमा १ करोड ७७ लाख २ हजार ४ सय ८३ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ३५ अंकले घटेर ३६५ दशमलव २० को विन्दुमा पुगेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हाइड्रो पावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्ने सेक्टर कर्पोरेट डिभेन्चर रहेको छ ।

प्रतिक्रिया