ज्ञानोदयको वार्षिकोत्सवमा ३ भवन उद्घाटन

बाँकेको खजुरामा रहेको ज्ञानोदय नमुना माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी आफ्नो ४४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर केसीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सवमा खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले विद्यालयमा निर्मित नयाँ ३ वटा भवनको उद्घाटन गरेका छन् । त्यस्तै बिद्यालयको साइन्स ल्याब र कम्पुटर ल्याबको समेत उद्घाटन गरिएको छ ।

खजुरा गाउँ पालिकामा ३० वटा सामुदायिक विद्यालय र १७ वटा संस्थागत विद्यालय रहेपनि ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा अन्य भन्दा विद्यार्थीको चाप धेरै रहेको प्रध्यानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिए । ज्ञानोदय लुम्बिनी प्रदेश कै उत्कृष्ट विद्यालय अन्तर्गत रहेकाले पनि विद्यार्थीको चाप हरेक वर्ष बढ्ने गरेको प्रधानाध्यापक सापकोटाले बताए । विक्रमसंवत् २०३४ सालमा माटोको गाह्रो र खरको छानो भएको टहरोबाट स्थापना भएको विद्यालयले उल्लेखनीय प्रगति गर्न सफल भएको सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

विद्यालयले २०७४ सालदेखि प्राविधिक धार सिभिल इन्जिनयरिङ तर्फको पढाई समेत सञ्चालन गरिरहेको छ । बिद्यालयको हाल सुविधा सम्पन्न १० वटा भवनका ६५ वटा कोठामा पठन पाठन, ल्याब, पुस्तकालय, स्टोरका साथै प्रशासनिक कार्य हुँदै आएको छ । विद्यालयले २४ औं वार्षिकोत्सबको अवसरमा विद्यालयलाई सहयोग पुगाउनेलाई सम्मानित गरिएको थियो । साथै विभिन्न प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले ज्ञानोदय जस्तो विद्यालयका कारण खजुराको शिक्षा क्षेत्र बलियो बनेको बताए। अध्यक्ष कक्षपतिले खजुरालाई शिक्षाको हब बनाउन बिद्यालयको प्रमुख हात रहने भन्दै यस तर्फ सबै विद्यालयले सोच्न पर्नेमा जोड दिए । उनले शिक्षा नै विकासको मूल आधार रहेकाले गाउँ पालिकाले पनि यसको विकासमा विशेष ध्यान दिएको उल्लेख गरे ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर केसी, बाँकेका प्रहरी प्रमुख स्याम कृष्ण अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधी, खजुरा गाउँ पालिका शिक्षा शाखाका प्रमुख खगेन्द्र मल्ल, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिकावप्रतिनिधी, सुरक्षा निकाय,अभिभावक, विद्यार्थी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो । बार्षिकोत्सव अवधिभर विद्यालयका विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुति समेत दिएका थिए ।

प्रतिक्रिया