
नेपालगन्ज : बाँकेको खजुरामा रहेको श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थि समाजले आफ्नो दोस्रो साधरण सभा सम्पन्न गरेको छ । पूर्व विद्यार्थि समाजले साधारण सभाको अवसरमा पूर्व प्रधानाध्यापक, पत्रकार, पदाधिकारी तथा विद्यार्थिलाई सम्मान गरेको हो ।
साधारण सभाको उद्घाटन लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी ‘नुमना’ले पानसमा बत्ति बालेर गरिन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी मन्त्रि केसीले पूर्व विद्यार्थीको कार्य नमुना रहेको बताइन । पूर्व विद्यार्थिहरुको सामाजिक कार्यको आफुले नजिकबाट नियालेको उल्लेख गरिन । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पूर्व विद्यार्थि समाजले उल्लेख्य भुमिका निर्वाह गरेको मन्त्रि केसीले बताइन । कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सासंद बादसा कुर्मीले पूर्व विद्यार्थी समाजले अग्रजहरुलाई सम्मान गरि पूर्व विद्यार्थीहरुलाई एउटै सुत्रमा जोड्ने कार्य गरेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा प्रखर परोपकार मिसन नेपाल खजुराका अध्यक्ष महेन्द्र मल्लले समाजको गतवर्षको प्रगति र आगामी वर्षको योजनाको बारेमा सुन्दा आफुलाई खुसीलागेको बताए । परोपकार मिसन नेपाल पूर्व विद्यार्थि समाजसंग सहकार्य गर्न तयार रहेको बताएका थिए । नेपाल रेडक्रस सोसाइटी वागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटाले पूर्व विद्यार्थीको कार्यमा आफु स्थापना कालदेखिनै जोडिएको र समाजको कार्यहरुको आफुले सधै प्रशंसा गर्दै आइरहने बताए । कार्यक्रममा समाजका निर्वाचन समितिका पूर्व सदस्य माधव शर्माले पूर्व विद्यार्थि समाज विद्यार्थिहरुका अभिभावक वन्दै अगाढी वढेको बताए । कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले पूर्व विद्यार्थीहरुले विद्यालयको लागि र समाजको लागि देउसी भैलो लगाएतबाट संकलित रकमबाट सामाजिक कार्यहरु गरिरहेको र आफुले स्वयं यस समाजको विद्यार्थी उत्प्रेरणा कार्यक्रमको पहिलो श्रृखलामा सहभागिता जनाउन पाउँदा खुसी लागेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र खत्रीले विद्यालयको हालको अवस्थाको बारेमा प्रकाश पारेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केर सिंह थापाले विद्यालयमा पूर्व विद्यार्थी समाज आएपश्चात आफुहरुले राम्रो सारथी पाएको बताएका थिए । पूर्व विद्यार्थी समाजको दोस्रो साधारण सभाको अवसरमा श्री जनता मा.वि.का पूर्व प्रधानाध्यापकहरु विष्णुमान श्रेष्ठ, नरसिंह क्षेत्री, टंकनाथ दाहाल र डम्मर गोदारलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयबाट दोस्रो व्याचको एस एल सी उत्र्तिण गर्ने पूर्व विद्यार्थीहरु धर्मलाल शर्मा र भानुराज आचार्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पत्रकार खगेन्द्र दाहाललाई सम्मान गरिएको थियो । त्यस्तै समाजको २०७९ र २०८० को देउसी भैलो कार्यक्रमको संयोजकको भुमिका निर्वाह गर्ने समाजका उपाध्यक्ष पूर्णचन्द्र उपाध्याय र सहसचिव सुजाता खरेललाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा श्री जनता मा.वि. सन्तकुटीबाट २०७९ सालको एस ई ई मा उत्कृृष्ट अंक प्राप्त गर्ने छात्र योगेश श्रेष्ठ र २०७९ सालमा उत्कुष्ट खेलाडी छात्रा शान्ति पौडेललाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा समाजका आजिवन सदस्यहरुलाई आजिवन सदस्यता समेत वितरण गरिएको सचिव ई विवेक लामिछानेले बताए ।

कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले समाजको बारेमा समिक्षात्मक सम्बोधन गर्दै समाजले विद्यार्थीहरुलाई विद्यालयमा आर्थिक कारणले पढ्नको लागि समस्या भए त्यसको लागि पूर्व विद्यार्थी समाजले आगामी दिनहरुमा सहयोग गर्दै जाने वताए । समाजका सचिव लामिछानेले आ.वि. २०७९÷०८० को प्रगति र आगामी आ.व. २०८१÷०८२ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष रत्ना कार्कीले आर्थिक वर्ष २०७९÷०८० को आय व्यय, लेखा परिक्षण प्रतिवेदन र आगामी आ.व.२०८१÷०८२को लागि ५ लाख ६० हजारको प्रस्तावित वजेट प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समाजका सल्लाहकार भुवन गैरेले स्वागत मन्तव्य राखेका थिए । आजिवन सदस्यहरुको तर्फबाट रेशमलाल न्यौपाने र प्रकास ढकालले विचार व्यक्त गरेका थिए । साधारण सभामा विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरि मनोरन्जन प्रदान गरे ।
