नवौ डाँफे कप : उपाधिका लागि न्यु दर्पण र बाग्मती भिड्ने

खजुरा : बाँकेको खजुरामा जारी नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको दोस्रो सेमि फाइनल खेलमा न्यु दर्पण युवा क्लबले रेसिङ्ग साहारालाई हराउँदै फाइनल प्रवेश गरेको छ । सोमबार खजुराको मिनि रंगशाला मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा ३–० को गोल अन्तरले न्यु दर्पण विजयी भएको हो । खेलको पहिलो हाप सम्म कुनै पनि गोल हुन नसकेको खेलमा दोस्रो हाफको १३ औं मिनेटमा न्यु दर्पण युवा क्लबका धनसिंह विकले पहिलो गोल गरे । लगतै २१ औं मिनेटमा न्यु दर्पणका भुपेन्द्र शाहिले अर्को गोल गरेर टिमलाई थप अग्रता दिलाए । खेलको दोस्रो हापको २६ औं मिनेटमा पुन धनसिंह विकले थप अर्को गोल गरेका थिए । विकको थप गोल नै खेलको अन्तिम गोल रह्यो ।

म्यान अफ द म्याच न्यु दर्पणबाट दुई गोल गर्ने धनसिंह विक बने । प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार म्यान अफ द म्याच घोषित खेलाडि विकले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय प्राप्त गरे । म्यान अफ द म्याच थोपा प्रयोगशालाका सिइयो सुलभ आचार्यले प्रदान गरेका थिए । खेल संयोजक तिलक विर सुनारका अनुसार माघ १५ गतेदेखि सन्चालनमा रहेको नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको फाइनल २३मंगलबार गते दिनको १ बजेदेखी सन्चालन हुनेछ । न्यु डाँफे स्पोर्टस क्लबका अध्यक्ष हरि प्रकाश विकका अनुसार नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने छन ।

प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका हुन । खेल प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ पाउने छन । दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकविर सुनारले बताए ।

साथमा विजेता र उप विजेता टिमलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने क्लबका अध्यक्ष बिकले बताए । प्रतियोगितामा १४ टिमले भाग लिएका छन । फाइनल खेल बाग्मति स्पोर्टस क्लब र न्यु दर्पण युवा क्लब विच हुनेछ ।

प्रतिक्रिया