आफ्नो दायरा बढाउदै जन जागरण समाज

नेपालगन्ज : बाँकेको खजुरामा रहेको जन जागरण समाजले सरोकारवालाहरु संग समन्वय बैठक गरेको छ । बाँकेको जानकी गाउँपालिका, खजुरा गाउँ पालिका र नेपालगन्ज उप महानगरपालिकाको केहि वडाहरुमा आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको जन जागरण समाजले सम्बन्धित सरोकारवालासंग समन्वय बैठक सम्पन्न गरेको हो ।

जन जागरण समाज बाँके जिल्लाको सोनपुर र रनियापुर (खजुरा गाउँपालिका वडा नम्बर ७ र ८), साईगाउँ, बेलभार, ईन्द्रपुर र बेलहरी(जानकी गाउँपालिका वडा नम्बर १,२,३ र ५) र परसपुर (नेपालगन्ज उप महानगगरपालिका वडा नम्बर १७) मा कार्यरत समुदायमा आधरित रहि कार्यक्रमहरु संचालन गर्दै आएको छ । जन जागरण समाजले आफ्नो कार्यदिशा फराकिलो बनाउने क्रममा खजुरा गाउँपालिकाको वडा नम्बर ५ र ६ का साथै जानकी गाउँपालिकाको वडा नम्बर ४ मा समेत कार्यक्रम संचालन गर्ने भएको सस्थाका कायैकारी व्यवस्थापक राम बहादुर पुनले जानकारी दिए ।

समन्वय बैठकमा बोल्दै कार्यकारी व्यवस्थापक पुनले सिमान्तकृत समुदायका लागि काम गर्दै आएकोले उनिहरुको हक अधिकारका सवालमा सधै पैरवि गरिरहने उल्लेख गरे । समन्वय बैठकमा जन जागरण समाजले हाल संचालनमा ल्याएका परियोजना र आगामि योजनाका बारेमा समेत चर्चा गरिएको थियो ।

जन जागरण समाजका अध्यक्ष राज कुमार वर्माको अध्यक्षतामा भएको समन्वय बैठकमा जानकारी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भुमिसरा धिताल, खजुरा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत बम बहादुर केसी, खजुरा र जानकारी गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कृषि तथा पशुसेवा शाखाका प्रमुख तथा प्रतिनिधिहरु, महिला बालबालिका शाखाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया