मानव अधिकार संयन्त्र सम्बन्धी २ दिने तालिम सम्पन्न

संजय आचार्य, बर्दिया : बर्दिया जिल्लाकाे मधुवन नगरपालिकामा मानव अधिकार सयन्त्र सम्बन्धी २ दिने तालिम सम्पन्न भएकाे छ । माघ १६ गते देखी सुरु भएको तालिम १७ गते सम्पन्न भएको हो ।

दलित महिला संघ बर्दियाले दुई दिन सम्म सञ्चालन गरेकाे मानव अधिकार तालिममा २२ जना दलित महिलाहरूकाे सहभागिता रहेकाे थियाे । मधुवन नगरपालिका अन्तर्गत समुहका अगुवा का साथै दलित महिला अगुवा अभियता हरुका लागी २ दिने तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा दलित महिला संघ बर्दियाकि कार्यक्रम संयाेजक हिमा सुनारले दलित महिलाकाे संविधानमा रहेको कानुनी व्यवस्था र उनिहरूकाे अधिकारका बिषयमा जानकारि दिने उदेश्यले तालिमकाे आयोजना गरिएको बताउनु भयाे । २दिन सम्म सञ्चालन भएकाे उक्त तालिमको सहजिकरण अधिवक्ता लक्ष्मि नेपाल र राजकुमार थारूले गर्नु भएको थियो ।

प्रतिक्रिया