रक्तदानमा १९ जनाले गरे दान

संजय आचार्य, बर्दिया : दुर्वयसन त्यागौ, सेवामुखी बनौ भन्ने मुल नाराका साथ वृहत खुल्ला रक्तदान कार्यक्रम वर्दियाको गुलरियामा सम्पन्न भएको छ ।

श्री कृष्ण प्रणामी युवा परिषद नेपालको ३३ औं वार्षिक उत्सव तथा ३४ औं स्थापना दिवसको उपलक्ष्यमा गुलरिया नगरपालिकाको सहयोग नेपाल रेडक्रस सोसाइटी बर्दियाको समन्वयमा वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा संघीय सांसद संजय कुमार गौतमले रक्तदान सेवाले जिवन दान दिने भएको हुदाँ यो धार्मिक कामका साथै सामाजिक काम पनि भएको बताउनु भयो ।

कृष्ण प्रणामी युवा परिषद नेपालले धार्मिक कार्यका साथै सामाजिक कार्य गर्दै आएको बताउँदै राजनितीमा आत्यात्मिक जोडिने हो भने सेवा भाव झनै बढ्ने गौतमले बताउनु भयो । शहिद दिवसको अवसर पारेर हामिले समाज कल्याणका लागी केही भएपनि सहयोग हुन्छ भनेर रक्त दान कार्यकमको आयोजना गरेको श्री कृष्ण प्रणामी युवा परिषद नेपाल वर्दियाका अध्यक्ष हेमन्त चौधरीले बताउनु भयो । रक्तदान कार्यक्रममा जम्मा १९ जनाले रगत दान गरेको चौधरीले बताउनु भयो ।

प्रतिक्रिया