
संजय आचार्य, बर्दिया : कम लागतमा बाढी प्रतिरोधि सुरक्षित आवास निर्माण परियोजना अन्तर्गत गुलरिया नगरपालिका र कारितास नेपालको लागत साझेदारीमा आवास हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रमका विच गुलरिया नगरपालिका वडा नं ८ सर्जु टपरामा निर्मित भवनको उद्घाटन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाय यादवले गर्नु भएको हो । कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले लामो समयसम्म सुरक्षित आवासको अभावमा कष्टकर जिवन यापन भोगिरहेका नगरवासीहरुलाई बस्ने व्यवस्थ ागर्न सकिएकोमा खुसी व्यक्त गर्नुभयो । नगर प्रमुख यादवले कारितास नेपालले गुलरिया नगरपालिका क्षेत्रभित्रका बाढीबाट पूर्ण रुपमा क्षति भएका घरपरिवारहरुलाई लक्षित गरि बाढी तथा भूकम्प प्रतिरोधी आवास निर्माणको योजना अनुसार नगरपालिकासंगको सहकार्य तथा लागत साझेदारीमा वि स २०७१ र २०७४ सालको बाढीबाट पूर्ण क्षति भएका परिवारहरुको लागि भवन निर्माण गरिएको बताउनु भयो ।
गुलारिया नगरपालिकाको आर्थिक सहयोग तिन लाख र कारितास नेपालको १ लाख २० हजारका साथै लाभग्राहीको औषत योगदानबाट निर्मित ३१ घरपरिवार लाई आइतवार भवन हस्तान्तरण गरिएको हो। बर्दियाको गुलरिमा नगरपालिका क्षेत्रमा २०७१ साल र २०७४ साल श्रावण २७ गतेदेखि लगातार परेको भारी बर्षका कारण आएको बाढीबाट बर्दियाको गुलरिया नगरपालिकाका बिभिन्न स्थानहरुमा क्षति पुग्न गएको थियो ।
विस्तृत घरधुरी सर्वेक्षण अनुसार जिल्लामा पूर्ण क्षति भएका जम्मा २३७३ घरघुरी मध्ये गुलरिया नगरपालिका क्षेत्रभित्र मात्र १९२४ घरहरु अति प्रभावित अवस्थामा रहेको श्रोत जिल्ला विपत व्यवस्थापन समिति श्रोत लाई उदृत गर्दै कारितास बर्दियाका संयोजक नरेन्द्र जोसीले बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष गुलरिया नगरपालिका वडानं ८ डा वडा अध्यक्ष धर्मेन्द्र बानियाले वाढीबाट पिडीतहरुका भवन निर्माण गरी हस्तान्तरण हुदाँ आफु निकै खुसी भएको बताउनु भयो ।
नगर उप प्रमुख सावित्रा गौतमसंग कुरा गर्दै आफुहरु घर पाउदा निकै खुसी भएको स्थानीय अन्नु विकले बताउनु भयो । बालबालिकाले बस्ने घर पाए यो भन्दा बढी खुसी के होला विकले भन्नु भयो । “बर्दिया आवास पुनर्निर्माण परियोजना अन्तर्गत कारितास इटालियनको सहयोग तथा गुलरिया नगरपालिका र कारितास नेपालको संयुक्त लागत सहभागीता तथा साझेदारीमा गुलरिया नगरपालिका वडा नं. ४ र ८ मा ३१ घरहरुको निर्माण कार्य सम्पन्न गरी हस्तस्तरण गरिएको छ ।
