
बर्दिया : प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र बाँके युनेस्को क्लवको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत प्रगतिशील किशोरी क्लब र परिवर्तनका सम्वाहक समुहको सयुक्त आयोजना बालबिवाह बिरुद्धको सचेतना अभिवृद्धि सम्बन्धी कार्यक्रम गुलरिया नगरपालिका वडा नं १२ मा सम्पन्न भएको छ ।
शनिवर प्रगतिशील किशोरी कलव र परिवर्तन का सम्बाहक समूहका किशोरीहरुले विवाह मुक्त वातावरण निमार्णका लागि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन । विभिन्न प्ले कार्ड सहित र्यालीका साथै सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका थिए ।
कार्यक्रममा बोल्दै वालबिवाह मुक्त वडा घोषणाका लागि अभियानमा लागिपरेकोले सबैलाई यस अभियानमा लाग्न बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो । समुदायमा वालवालिका तथा अभिभावकलाई २० वर्ष वारि विवाह नगर्न र सो अवधी पढाईलाई निरन्तरता, सीप विकासमा जोड दिन लामिछानेले आग्रह समेत गर्नुभयो ।
गाउँ गाउँमा बाल बिबाह रोकथाम, छोरा छोरी बराबरी, छोरीलाई विवाह होईन शिक्षाको जरुरी सम्बन्धिका नारा लेखिएका प्लेकाड सहित घरघरमा पुग्ने गरिएको जनाइएको छ । घरदैलो भेटघाट तथा र्यालि पछिको सास्कृतिक कार्यक्रममा वडा बालअधिकार समितिका सदस्य तथा वडा नं १२ का वडा सदस्य घिशु थारुले सामाजिक मूल्य मान्यता र परम्परा अनुसार थारु, मधेशी र दलित समुदादयमा बढि बाल बिबाह हुने गरेकाले यसलाई रोक्नका लागि यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु बढी केन्द्रित गर्नु पर्ने बताउनु भयो ।
बालबिवाह बिरुद्धका सचेतना कार्यक्रमलाइ वडा बाल अधिकार समितिले टोल टोलमा लैजाने र आगामी दिनमा यस वडालाई बाल श्रम मुक्त वडा घोषणाको तयारी गरेको वडा सदस्य भारती सुनारले बताउनू भयो । घिसु थारुको प्रमुख अतिथीथ्यमा सम्पन्न कार्यक्रममा किशोरी, बालक्लव र परिवर्तनका सम्वाहक समुहका पदाधिकारीहरुका साथै वडा जनप्रतिनिधि, समाजसेवी जगमोहन थारु र बाँके युनेस्को क्लवमा संयोजक गोबिन्द प्रसाद लामिछाने, कार्यक्रम अधिकृत ईश्वर बिक, फिल्ड सहजकर्ता भगवती बिक र शान्ता रसाइलीको उपस्थिति रहेको थियो ।
