
संजय आचार्य, बर्दिया : सपना कुँवर बर्दिया जिल्लामा परिचित नाम हो । उमेरले ६५ बर्ष पुग्न लाग्नु भएको कुँवर आजपनी उही जोस जाँगर अनी हौसलाले आफ्नो दैनिकी घरायसी तथा व्यवसायिक काम गर्दै आउनु भएको छ । २०४५ सालमा वर्दियाको सदरमुकाम गुलरियामा सपना ब्यूटी पार्लरको स्थापना गरी हाल सम्म उहाँले सेवा दिदै आउनु भएको छ । कुँवरले आफुलाई सफल व्यवसायीको रुपमा परिचित बनाउँदै आउँनुभएको छ ।
सौन्दर्य कला व्यवसायी संघ नेपाल संस्थापक जिल्ला अध्यक्ष र केन्द्रीय उपाध्यक्ष जस्तो पदमा रही आफ्नो जिम्मेवारी पुरा गरिसक्नुभएकी कुँवर हाल सल्लाहकारको रुपमा रहदै आउनु भएको छ । बिगतमा मिसेज बाग्मतीमा आफ्नी छोरी प्रेक्षा कुँवरलाई मिसेज बाग्मती बनाउँमा सफल सपनाकी छोरीले आफ्नो आमाको हौसला र उहाँको कडा परिश्रमले नै आफु सफल भएको बताउनु भयो ।सिटिइभिटी वाट लेवल टु समेत गर्नु भएको सपना कुँवरले दृढ संकल्प लिन सके जे पनि गर्न सकिने बताउँनु हुन्छ ।

जब सम्म महिला दिदी बहिनीहरु आर्थिक रुपले सबल हुदैनन् तब सम्म महिला हिंसा जस्ता घटनाको समाजमा कमी नआउने कुँवर बताउँनुहुन्छ । समाजका महिलाहरुलाई तालिम दिएर व्यवसायिक रुपमा सबल बनाउन सकिन्छ भन्ने धारणा लिएर आफु अघि बढेको कुँवरले बताउनुभयो । ३५ बर्ष देखीको आफ्नो परिश्रमले राम्रै उपलव्धी दिएको कुँवर बताउँनुहुन्छ । श्रीमान माधव कुँबले श्रीमतीको सफलतामा आफू निकै खुसी भएको बताउनु भयो ।
हाल सम्म करीब १ हजार भन्दा वढी महिला दिदी बहिनी हरुलाई तालिम दिई आत्मनिर्भर बनाउन सफल हुनु भएको छ । बासगढी नगरपालिका ५ की सम्झना चौधरीले उहाँको मिठो बोलि , सिकाउने तरिका राम्रो लागेको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका तर सिक्न चाहनेलाई निः शुल्क सिप सिकाउने गरेकी छन । कुँवरबाट सिकेर धेरै महिला दिदी बैनीहरु आफ्नै ब्यूटी पार्लर सन्चालन गरि व्यवसानीक रुपमा आत्मनिर्नर बनेका छन ।