सुनको मूल्य आज घटेको छ। प्रतितोला १ हजार २ सय रुपैयाँले सुनको मूल्य सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार मूल्य घटेसँगै छापावाल सुन १ लाख १८ हजार २ सय र तेजाबी सुन १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख १९ हजार ४ सय र १ लाख १८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएका थिए। यता आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। अघिल्लो दिन १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय रुपैयाँमा किनबेच भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार १९ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।