मानव वेचविखन विरुद्ध सचेतना जगाउँदै शान्ति पुनः स्थापना केन्द्र

गुलेरिया : बर्दियामा रहेको शान्ति पुनः स्थापना केन्द्रले विगत लामो समय देखी वर्दियाको तिन पालिकामा मानव वेचविखन विरुद्ध मानव बेच विखन तथा ओसार पसार सम्बन्धी सचेतनाको काम गर्दै आइरहेको छ ।

बर्दियाको गुलरिया नगरपालिका, बढैयाताल गाँउ पालिका र मधुवन नगरपालिकाका सिमावर्ती श्रेत्रमा आफ्नो (विट )हेल्प डेस्क राखी भारत तर्फ जाने महिला तथा बालवालिकाहलाई सोध पुछ तथा परामर्श दिने गरेको संस्थाकी जिल्ला संयोजक सपना शर्माले बताइन ।

सुरुमा वर्दियाको गुनपा – ८ सुरजपुर, बढैयाताल – ७ कन्ठपुर, गणेशपुर वडानं ११ र मधुबन न पा –३ मा बिट स्थापना गरी सेवा दिदै आएको संयोजक शर्माले बताइन ।

उमेर नपुगेका बालवालिकाहरुलाई विवाह गर्ने , रोजगारी दिलाइ दिने जस्ता बिभिन्न प्रलोभन देखाई आफन्ती होस वा बाहिरी व्यक्तिले छिमेकी मुलुक भारत तर्फ लैजादै गरेको अवस्थामा थुप्रै बालबालिकाहरुको नेपाल प्रहरी तथा भारतीय प्रहरीसंग समन्वय गरी उद्धार गरेको सस्थाले जनाएको छ ।

आफूहरुले सिमामा संस्थाको नियममा वसि नेपाल प्रहरीसंग समन्वय गरी चेकजाच तथा परामर्श दिने गरेको तथा शंका लागेका ब्यक्तीहरुलाई नजिकको प्रहरी कार्यालयमा बुझाउने गरेको संस्थाकी परामर्श दाता अञ्जना पाण्डेले बताइन ।

समय समयमा सचेतनाका साथै विभिन्न सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रम गर्नुका साथै संस्थाले सडक नाटक देखाउने गरेको पाण्डेले बताइन ।

प्रतिक्रिया