भोली देखी बाँसगढीमा छैठौं माघ महोत्सव

बर्दिया : कृषि, पर्यटन, व्यापार, तथा संस्कृतिको पहिचान विकास र समृद्धिमा हामि सबैको अभियान भन्ने मुल नाराका साथ बर्दियाको बाँसगढीमा आइतबार देखि वाईवाई छैठौ बासगढी औद्योगिक , कृषि , पर्यटन , व्यापार मेला तथा बर्दिया माघ महोत्सव सुरु हुने भएको छ ।

बासगढी उद्योग वाणिज्य संघ बर्दियाको मुख्य आयोजनामा भोली पौष २९ गते देखी माघ ९ गते सम्म दश दिनको लागि महोत्सव लाग्ने आयोजकले शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कृषी , पर्यटन, तथा उद्योगलाई प्रमोट गर्नका साथै आम्दानी रकम बाट बन्दै गरेको निर्माणाधीन बासगढी उद्योग वाणिज्य संघको भवन निर्मणामा खर्च हुने पत्रकार सम्मेलनमा बोल्दै बासगढी उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष बद्धिनाथ बरालले बताए ।
छैटौ पटक हुने यस महोत्सवमा अनुमानित ५० पचास लाख खर्च हुने बताउँदै महोत्सवको उद्घाटन उप प्रधान तथा रक्षा मंत्री पूर्ण बहादुर खड्का बाट हुने बरालले बताए ।

महोत्सवको मुख्य आकर्षणको रुपमा थारु गाउँलाई लिइएको र थारु भेषभूषा, परम्परागत प्रयोगमा ल्याएका सामाग्री सहित थारु गाँउको निर्माण समेत महोत्सवमा हेर्न सकिने महासचिव विकाश गौतमले बताए ।

महोत्सवमा कृषि प्रर्दशनी स्थानीय हस्तकला सामाग्री प्रर्दशनीका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले भरपुर मनोरन्जन गराएने आयोजकले जनाएको छ ।

प्रतिक्रिया