
बर्दिया : बर्दियाको बढैयाताल गाँउपालिकाको मैनापोखरमा जारी प्रादेशिक बढैयाताल कृषि, पर्यटन तथा औद्योगिक व्यापार तथा माघि महोत्सवमा दर्शकले उल्लेख्यनिय सहभागिता जनाएका छन । बढैयाताल उद्योग वाणिज्य संघ मैनापोखरको आयोजनामा दश दिनको लागि महोत्सवमा दिन प्रतिदिन दर्शकको संख्यामा वृद्धि भइरहेको आयोजकले जनाएको छ ।
बदैयाताल गाँउपालिका– ६ मैनापोखर बजार नजिकै लागेको महोत्सवमा शनिवार गायक टंक तिमिल्सेनाले आफ्ना प्रस्तुतीहरुमा दर्शक नचाएका थिए । टंकले आफ्ना आधा दर्जन बढि चर्चित गितहरु प्रस्तुत गरेका थिए । युवा गायक टंकको प्रस्तुतीमा दर्शकले झुमेरै साथ दिए । पौष २६ गते देखी माघ ७ गते सम्म हुने प्रादेशिक महोत्सवमा आइतवार महानायक राजेश हमाल आउने बढैयाताल उद्योग बाणिज्य संघका सदस्य नारायण पौडेलले बताए । महोत्सव अवधिभर कृषि तथा मेलाको अवलोकन गर्न सकिने बढैयाताल उद्योग वाणिज्य संघ मैनापोखरका अध्यक्ष बालकृष्ण लामिछानेले जानकारी दिए ।
महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती संगै मुख्यतः बढैयातालको चिनारी यहाँका पर्यटकीय स्थलका साथै कृषि तथा व्यापार प्रर्वद्धनमा टेवा पुग्ने आयोजकले जनाएको छ ।
