
बर्दिया : लैङगिक न्यायप्रती जवाफदेहीता कार्यक्रम अन्तर्गत स्थानीय सरकार, नागरिक समाज, र द्वन्द प्रभावित समुदायका प्रतिनीधिहरु विच एक दिने जिल्ला स्तरीय शान्ती संवाद कार्यक्रम शुक्रबार बर्दियाको ठाकुराबाबामा सम्पन्न भएको छ ।
थारु महिला उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पाँच पालिकाका जनप्रतिनीधी हरुको उपस्तिथी रहेको थियो । द्वन्द बाट प्रभावितहरुका साथै सरोकारवालाहरु विच छलफल भएको थारू महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारुले बताइन ।
कार्यक्रममा सहभागी ठाकुरबावा नगरपालिका वडा न ८ की प्रियसी थारुले विगतमा भएको घटनाले आफुलाई आजको अवस्था सम्म पनि पिडामा पारेको बताउँदै न्यायको खोजी गरिराखेको दुखेसो पोखिन् । ‘थारू महिला उत्यान केन्द्रको सहयोग र तालिमले अहिले आफैले आय आर्जन गरिराखेको छु,’ केही भएपनी आर्थिक भार कम भएको थारुले बताइन ।
जिल्ला समवय समिती उप प्रमुख अनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा ठाकुर बावा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालले हालको अवस्थामा द्वन्द प्रभावितहरुलाई सम्मान पूर्वक पुनः स्थापना गर्नु पर्ने कुरामा जोड दिदै पालिकाले गर्दै आएको कार्यहरुको बारेमा बताएका थिए ।
जिल्ला समवय समिती उप प्रमुख यादबले स्थानीय तहका प्रमुख, वडा अध्यक्ष लगाएयतले द्वन्द प्रभावित परिवारका लागि विशेष कार्यक्रम ल्याउनु पर्ने बताइन । बेपत्ता परिवारका सद्स्यहरुले स्थानिय तहमा गएर सुचनाहरु संकलन तथा मागहरु राख्नु पर्ने अवश्यकता रहेको उपप्रमुख यादबले उल्लेख गरिन ।
कार्यक्रममा बोल्दै थारु महिला उत्थान केन्द्र बर्दियाकी कार्यकारी निर्देशक सिंह थारुले योजना बनाउन द्वन्द प्रभावितको राय लिन आवश्यक रहेको बताइन । नीति निर्माण तथा कार्यबिधी निर्माणका लागि यस्ता संम्बादहरुले सहयोगी भुमिका खेल्ने बताउदै प्रभावितहरुको मागलाई स्थानीय तहले पुरा गरे पालिका प्रतिको बिश्वास कायम हुने थारुले जोड दिइन ।
