खजुराको सोल्टीपुरमा सरसफाई

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ सोल्टीपुरमा रहेको प्रगती महिला स्वावलम्भी समुहले सरसफाई कार्यक्रम गरेको छ । आफ्नो गाउँ आफै सरफाई युक्त बनाउन समुहले सरसफाइ अभियान थालेको हो ।

खजुरा गाउँपालिकामा संचालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तरर्गत खजुरा गाउँपालिका वडा नम्बर ८ सोल्टीपुरमा गठन गरिएको समुहले वडा सदस्य सहित सहभागिता गराएर सरसफाई गरेको हो ।

खजुरा गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र इन्रुडेकको साझेदारीमा कृषि तथा पशु उद्यमशिलता विकास परियोजना संचालन भैरहेको छ । परियोजनाले ग्रामिण किसानहरुलाई व्यवसायिक बनाउन मद्धत पुगाइरहेको इन्रुडेकका अध्यक्ष धर्म रोकायले जानकारी दिनुभयो ।

प्रतिक्रिया