माघको २६ र २७ मा ‘टुर दि ठाकुरद्धारा’

नेपालगन्ज : नेपालगन्ज साइक्लिङ क्लवले ‘टुर दि ठाकुरद्धारा’को सचिवालय उद्घाटन गरेको छ ।सचिवालय उद्घाटन संघीय सांसद डा. धवल शमशेर राणाले गरेका हुन । ‘टुर दि ठाकुरद्धारा’को सचिवालय उद्घाटन गर्दै डा. राणाले बाँके बर्दियालाई चिनाउन यस इभेन्टले महत्वपुर्ण भुमिका निभाएको बताए ।

नेपालगन्ज देखि बर्दियाको ठाकुरद्धारासम्म हुने साइकल यात्रा जस्तै रारासम्म जाने गरी कार्यक्रम गराउन क्लव सक्रियता भएर लाग्न सके पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने डा. राणाले बताए । ‘टुर दि ठाकुरद्धारा’ माघको २६ र २७ गते आयोजना हुदैंछ । बाँके र बर्दियामा रहेका धार्मिक पर्यटकीय स्थल तथा संस्कृतिको प्रचार प्रसार गर्न ‘टुर दि ठाकुरद्धारा’ले गर्ने आयोजक नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष प्रदिप सापकोटाले जानकारी दिए ।

यस पटक ३ सय सहभागिता रहने गरि तयारी थालिएको आयोजकले जनाएको छ । ‘टुर दि ठाकुरद्धारा’ अघि नेपालगन्जमा १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरि किड्स रेस, कन्जरभेसन टक, रक्तदान गर्ने कार्यक्रम रहेको क्लवका निवर्तमान अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

प्रतिक्रिया