साढे तिन विगाहमा तरकारी खेति गर्छिन्, सन्तोषी थारु

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ५ कि सन्तोषी थारुले तिन विगाहा क्षेत्रफलमा तरकारी खेति गर्दै आइरहेकी छिन । उनको विहान देखि साझै सम्म तरकारी खेतीकै स्याहार सुसारमा समय विताउँछिन । ‘मेहेनत गरे सम्भव हुन्छ’ भन्ने भनाइलाई प्रमाणित गरेकी छन सन्तोषीले । आफुसंग पैसा नहुँदा कति दुख पाइन्छ भन्ने अनुभव लिएकी छिन उनले । अहिले तरकारी खेतीमा पैसा सगैं मान सम्मान पनि कमाएको सन्तोषि बताउँछिन ।

उनले तरकारी खेती गरेको जमिन पनि उनको होइन । अरुकै जकिन भाडामा लिएकी छन । सन्तोषिले साना किसान सहकारी संस्था मैनापोखरबाट ११ लाख ५० हजार ऋण लिएर साढे तीन बिगाहा जमिन भाडामा लिई बाह्रै महिना तरकारी उत्पादन गर्छिन । उनलाई यो पेशामा श्रीमान, सासु, ससुराको राम्रो साथ सहयोग छ । आफू मात्र हैन कामको चाप हेरि अन्य १५ जना कामदारलाई रोजगारी दिई तरकारी खेती गर्दै आएकी छिन ।

उनी बढैयाताल हरियाली कृषक समुहकी अध्यक्ष पनि हुन् । उनी आफू मात्र हैन समुहका सदस्यलाई समेत तरकारी पेशामा आबद्ध गराउन सफल छिन । गाउँका अन्य किसानकी पेरणा बनेकी सन्तोषिले बजारिकरण उन्नत मल बीउ सिचाईको समस्या भए पनि अझै डेढ बिगाह थप गरि ५ बिगाहमा तरकारी खेती गर्ने योजना रहेको सुनाइन । उत्पादित तरकारी यतिबेला नेपालगन्ज कोहलपुर र स्थानीय बजारमा विक्रि गर्छिन । बजार मुल्यको उतार चढाब भारतिय तरकारीको आयत जस्ता समस्या भए पनि बार्षिक १५ लाख बढिको तरकारी बेच्दै आएको उनले बताइन ।

आफू र आफ्नो परिवार यो पेशाबाट सन्तुष्ट रहेको बताउदै टनेल निर्माण र खेर जाने तरकारीलाई ब्यबस्थापन गर्न केहि समस्या रहेको गुनासो गरिन । लिएको ऋण तिरिरहेकोले तत्काल लगानी थप्न मुस्किल हुदाँ सस उधोग खोल्ने र खेर जाने टमाटरको ब्यबसायीकरण गर्ने योजना अधुरै रहेको सुनाइन ।
तरकारीको आवश्यक परेको खण्डमा सन्तोषिको कृषि फर्ममा ९८६८९६४७४९मा सम्पर्क गर्न सकिनेछ ।

सबै तस्बिरहरु : अर्जुन सुबेदी

प्रतिक्रिया