खजुराको जनता दुग्धद्धारा केक एण्ड बेकरी उद्योग संचालनमा

खजुरा : बाँकेको खजुरा गाउँपालिकामा रहेको जनता दुग्ध उत्पादक सहकारी संस्थाले केक एण्ड बेकरी उद्योग समेत संचालनमा ल्याएको छ । विहिबार एक कार्यक्रमका विच सहकारीले संचालनमा ल्याएको बेकरी उद्योगको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले सयुक्त रुपमा गर्नुभएको थियो ।

खजुरामा सहकारीले यस्तो किसिमको उद्योग संचालनमा ल्याउनु खजुराको विकासमा टेवा पुगाउनु रहेको अध्यक्ष कक्षपतिले बताउनुभयो । सहकारीले ३३ लाख लागतमा केक एण्ड बेकरी उद्योग संचालनमा ल्याएको सहकारीका व्यवस्थापक गौरब सापकोटाले जानकारी दिनुभयो । सहकारीले संचालनमा ल्याएको केक एण्ड बेकरी उद्योगले स्थानियलाई स्वरोजगार बनाउने र खजुराका किसानले उत्पादन गरेका दुध तथा अन्य सामाग्रिको बजारीकरणमा सहयोग गर्ने उदेश्य राखेको सहकारीका अध्यक्ष टेक बहादुर कार्किले जानकारी दिनुभयो ।

जनता दुग्ध उत्पादक सहकारीले केहि दिन भित्रै आफ्नै आइसक्रिम उत्पादन पनि सुरुवात गर्ने जनाएको छ । साथै आफ्ना केक एण्ड बेकरी, आइसक्रिम, दुध, दहि, कफि लगाएतका उत्पादन विक्रि वितरणमा सहयोग होस भनेर सप खोल्न लागिएको अध्यक्ष कार्किले बताउनुभयो ।

प्रतिक्रिया