महोत्सवको रौनकले तातिदै गुलरिया

बर्दिया : बर्दियाको गुलरियामा शुक्रवार देखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा सुरु भएको छ । उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा दश दिनको लागि महोत्सव लागेको छ । पौष ६ गते देखी १६ गते सम्म हुने प्रादेशिक महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गरे ।

शनिवार महोत्सवमा राष्ट्रिय कलाकार दिपक खड्का र शोभा त्रिपाठी सुनिल पण्डित लगायत प्रिती आलेको प्रस्तुती रहेको थियो । ८ गते सुप्रीम मल्ल, सोनु कुस्मी, कमल विसि, आउने उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जनाए । ९ गते एलिना चौहान, राजजी खाड, दर्पण कुस्मी, १० गते शान्ती श्री परियार, श्रीनिवास चौधरी, ११ गते प्रमोद खरेल, अन्जली अधिकारी, राज कुस्मी आउने छन् ।

१२ गते चक्र बम, अन्जु कुस्मी, टीका जैसी, १३ गते रमेश राज भट्टराई, ज्योति मगर, १४ गते प्रीति पास्वान, आरके थारु, एन्जिला रेग्मी, १५ गते पल शाह, पुर्णकला विसि, काजिस श्रेष्ठ, १६ गते अनु चौधरी दिनेश काफ्ले, कोष खड्का र विष्णु थापा आउने तालिका रहेको जनाईएको छ । शनिवार भएको प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव मा करिब ३ हजार टिकट बिक्री भएको अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया