नेपालगन्ज उप–महानगरपालिका वडा नं ४ मा रहेको कन्या माविको नव निर्मीत भवनको आज उद्घाटन गरीएको छ । यसैवर्षदेखी १० कक्षासम्म अध्यापन भइरहेको उक्त विद्यालयमा कक्षा १२ सम्म पढ्न सहज होस् भन्ने उदेश्यले ३ करोड बढीको लगानीमा निर्माण गरीएको १८ कोठे भवनको उद्घाटन गरीएको हो ।
भवन उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले नेपालगन्जका मधेसी तथा मुस्लीम समुदायका किशोरीहरुलाई उच्च शिक्षा प्रदान गर्न यो भवनको आवश्यक देखीएकाले उपमहानगरपालिकाले निर्माण गरेको जानकारी दिनुभयो । कन्या शिक्षामा जोड दिदै उपमहानगरपालिकाले विश्वविद्यालय समेत निर्माण गरीसकेको बताउनुभयो । आज उद्घाटन गरीएको भवनमा आगामी शैक्षिक सत्रदेखी कक्षा ११ र १२ को पढाई हुने विद्यालयका परामर्शदाता किरण आचार्यले बताउनुभयो । हाल विद्यालयमा ४ सय ९० जना बालीका अध्ययनरत छन् ।
यसैविच, विद्यालयमा अध्ययनरत ९ कक्षाका विद्यार्थीले १० कक्षाका विद्यार्थीको विदाई गरेका छन् । २०४८ सालमा स्थापना भएको उक्त विद्यालयमा पहिलो पटक कक्षा १० को पढाइ भएकाले पहिलो व्याचका विद्यार्थीहरुलाई आज एक कार्यक्रमका विच विदाई गरीएको विद्यार्थी सादिया खानले बताउनुभयो ।