नेपालगन्ज : बाँकेको खजुरामा नारी उत्थान केन्द्रको आयोजनामा दिप प्रज्वलन गरिएको छ । खजुराको एक नम्बर बजारमा घरेलु हिंसा विरुद्ध सचेतना स्वरुप दिप प्रज्वलन गरिएको हो ।
नारी उत्थान केन्द्र खजुराका अध्यक्ष दुर्गा खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले अझैपनि समाजमा घरेलु हिंसा व्याप्त रहेको भन्दै यसको न्युनिकरण हुनुपर्नेमा जोड दिइन । पालिकामा घरेलु हिंसाका मुद्धाहरु आउने गरेको भन्दै सचेतना सगैं सजक रहन आग्रह गरिन ।
दिप प्रज्वलन कार्यक्रममा नारि उत्थान केन्द्रका पदाधिकारी, सदस्य, राजनितिक दलमा आवद्ध महिला नेतृ, समाजसेवी लगाएतको उपस्थिती रहेको थियो । तस्बिरहरु : खगेन्द्र दाहाल /खबरगन्ज