लैङ्गिक हिंसा बिरुद्ध दिबसमा माइती नेपालद्धारा सचेतना मुलक कार्यक्रम


संजय आचार्य
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत माइती नेपालको आयोजनामा “ लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बाबालिकामा लगानीको एक्यबद्धता ” भन्ने मुल नाराका साथ बर्दियाको गुलरीया नगरपालिका वडा नं १मा रयाली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुलरीया नगरपालिकाको समन्वयमा र श्री ज्ञानकुञ्च सामाजिक उधमी महिला सहकारी संस्था लि.को सहकार्यमा रयाली तथा अन्तरक्रिया कार्यक्रम गरीएको हो ।

कार्यक्रममा प्रमुख आथित्यता गर्नु भएकी गुलरीया नगरपालिकाकी उप प्रमुख साबित्रा गौतमले हामी महिला हरुले हिसा सहेर बस्नु हुदैन आ आप्mनो ठाउँबाट हिसा रोक्नुपर्छ भन्ने कुरामा जोड दिनु भयो । गुलरीया न पा.का महिला बालबालिका शाखा प्रमुख शिला शाहल लैगिक हिसा का बारेमा बताउने भएको थियो भने प्रहरी चौकी खैरापुरका प्र.स.नी सुरेन्द्र हमालले नेपाल प्रहरीका तर्फबाट सुरक्षा दिएर सक्दो सहयोग गर्ने कुरा बताउनु भयो ।

उक्त सचेतना मुलक कार्यक्रमा बिभिन्न महिला हिसा अन्त्य गरौ जस्ता नाराहरु सहितको प्ले कार्ड, र ब्यानर लिएर गाउँ परिक्रमा गरिएको थियो । र त्यस पश्चात अन्र्तरक्रिया कार्यक्रम गरिएको थियो । माइती नेपालले मानब बेचबिखन , घरेलु हिसा , महिलाा हिसा, लैङिगक हिसा र बाल बिवाह रोकथाम र न्युनीकरण गर्नका लागी यस्ता खालका कार्यक्रमहरु गर्दै आएको माइती नेपालको बारेमा समेत जानकारी गराई सम्पुर्ण लाई स्वागत माइती नेपाल बाट गरिएको माइती नेपाल की संयोजक गायत्री रिमालले बताउनु भयो ।

प्रतिक्रिया