
कोहलपुर : अपागंता भएका व्यक्तीहरुलाइ न्यायमा पहुच पुरयाउनका लागि २ दीने तालिम कोहलपुरमा सम्पन्न भएको छ । सीबीएमको आर्थिक सहयोगमा अपागं शसक्तीकरण एवं सन्चार केन्द्र (डेक) नेपालद्धारा सन्चालित समावेशि समुदाय परियोजना अन्तरगत अपागंता भएका व्यक्तीहरुलाइ सो तालिम दिइएको हो ।
बाँके जिल्लाका अपागंता भएका व्यक्तीहरुलाइ न्यायमा पहुच सगंै पहुचयुत्ततामा पनि सक्षम बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक गणेश पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालगंज, कोहलपुर, बैजनाथ र खजुराका अपागंता भएका व्यक्तीहरु र तिनका अभिभावकहरु तलिममा सहभागि भएका छन् ।
डेक नेपाल बाँकेका कार्यकारी निर्देशक देविदक्त आचार्यले हरेक क्षेत्रमा काम लाग्ने र सदुपयोग हुने खालका विषयवस्तुलाइ न्यायको क्षेत्रमा जोडेर अपागंता भएका व्यक्तीहरुलाइ जानकारी दिएको बताए । अपागंता भएका व्यक्तीहरुको न्यायमा पहुच पुग्न सके मात्रै धेरै अधिकारहरु सुनीश्चीत हुने उनको भनाइ छ । दुइ दिने तालिमको प्रशिक्षण अधिवक्ता ईमान सुनारले गरेका थिए ।